मुम्बई–पोर्नस्टार हुँदै बलिउड अभिनेत्री बनेकी सनी लियोनीलाई पोर्नस्टारलाई समाजले नायिकाको दर्जा दिँदैन भन्ने राम्रोसँग थाहा छ। पोर्नस्टारलाई समाजमा हेयका दृष्टिले हेरिन्छ भन्ने कुरा उनलाई राम्रोसँग हेक्का छ। यो सबै थाहा हुँदाहुँदै सनी आखिर किन पोर्नस्टार बनिन् ?  सनीसँग के भएको थियो र उनले यस्तो कदम उठाइन?
सनी लियोनी अहिले लोकप्रिय बलिउड अभिनेत्री बनेकी छन्। केही दिन अगाडि बीबीसीले सय प्रभावशाली महिलाको सूचिमा सनीले आफ्नो स्थान पक्का गरेकी छन्। यो हुँदाहुँदै पनि यो पोर्नस्टारको ट्यागले जिन्दगीभर नछोड्ने उनलाई थाहा छ।

कुनै बेला सनी एक सामान्य युवती थिइन्। अश्लिल चलचित्रमा काम गर्ने बारेमा उनले सोचेकी समेत थिइनन्। तर सनीको सपना धेरै ठूला थिए। उनलाई काम कमाउनु थियो, पैसा कमाउनु थियो, यही कारण उनी अन्नतः अश्लिल चलचित्रकी नायिका बन्न पुगिन्। अश्लिल चलचित्रमा आउने कुरा उनले आफैंले निर्णय गरेकी थिइन्। उनी अश्लिल चलचित्रमा गएको कुरा उनको परिवारलाईसमेत जानकारी थिएन।

आफूले अश्लिल चलचित्र खेल्न थालेको कुरा सनी स्वयंले परिवारका सदस्यलाई बताएकी थिइन्। सनीका कुरा सुनेपछि परिवारका सदस्य छाँगाबाट खसेजस्तै भए ! परिवारका सदस्यले सुरुमा त विश्वास नै गरेनन्। तर  जव सनीको कुरा सत्य भएको थाहा भयो, तव आफूले टेकेको जमिन भासिएको  जस्तै अनुभव परिवारका सदस्यले गरे। परिवारका सदस्य यति क्रोधित भएकी सनीको अनुहार हेर्नसम्म चाहँदैन थिए।

एक अन्तर्वाताका क्रममा सनीले सो कुराको खुलासा गरेकी हुन्। आफू अश्लिल चलचित्रमा काम गरेको थाहा  पाएपछि परिवारका सदस्यालाई मनाउन निकै ठूलो मेहनत गर्नुपरेको उनले अन्तरवार्ताका क्रममा सनीले खुलासा गरेकी छन्। सनीका अनुसार पोर्न इण्डस्ट्रीमा विजनेशका रुपमा काम सुरु गरेकी थिइन्। ‘मैले परिवारका सदस्यको अनुमति विना पोर्न इण्डस्ट्रीमा काम सुरु गरेकी थिएँ, उनले भनिन्,‘यो मेरालागि व्यापार नै थियो। जब मैले पेन्टहाउस (एडल्ट इण्डस्ट्रीको लोकप्रिय म्यागेजिन) कवर अफ द इयर र एकलाख डलर जितेँ तव मात्रै मैले परिवारका सदस्यलाई यो विषयमा जानकारी दिएँ।’ उनले सुरुमा परिवारका सदस्य आफूसँग रिसाएको र आफूँले  सम्झाएपछि स्थिति सामान्य भएको बताएइन्।
नागरिक न्युज बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah