दमक, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापास्थित दमकमा माओवादी केन्द्रका थुप्रै नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

नेकपा एमाले दमक – १८ ले मंगलबार भकुन्डे चोकमा आयोजना गरेको संविधान कार्यान्वयन जनपरिचालन अभिमुखीकरण अभियान तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी परित्याग गरेर ५७ जना एमालेमा प्रवेश गरेका छन् ।

वार्ड कमिटी अध्यक्ष चन्द्रबहादुर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा माओवादी केन्द्र दमक १८ को वडा समिति नै एमालेमा समाहित भएको एमाले झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

माओवादी केन्द्र झापाका पूर्व जिल्ला सचिवालय सदस्य एवं राज्य समिति सदस्य रामप्रसाद लुइटेलको नेतृत्वमा एमालेमा प्रवेश गरेका माओवादी नेता कार्यकर्तालाई एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य अर्जुन राईले अविर माला लगाएर स्वागत गरेका थिए ।

एमालेमा आउनेमा माओवादी केन्द्रको दमक १८ को वार्ड कमिटी अध्यक्ष डम्वरबहादुर थापा, उपाध्यक्ष कणाखर पौडेल, सचिव रामप्रसाद दाहाल, सहसचिव तुलसादेवी लुइटेल लगायत रहेका छन् ।

एमाले झापा अध्यक्ष चिन्तन पाठकले एमालेको संविधान कार्यान्वयनको ४ महिने अभियानको जानकारी दिदै सम्पूर्ण जाती भाषा धर्मालम्वी मिलेर संविधानको कार्यन्यवन गर्नु पर्ने बताए ।

कार्यक्रममा एमाले क्षेत्रीय अध्यक्ष बोधराज न्यौपाने, क्षेत्रीय सदस्य अम्विका खनाल, नगर अध्यक्ष बोधराज घिमिरे र महिला नेत्रृी लिला ढुङेल दाहालले मन्तब्य राखेका थिए । दैनिक नेपाल बाट लिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah