तपाईहरुले सामान्य रुपमा पेटेलबाट चल्ने बाइक देख्नु भएको होला, चढ्नु पनि भएको होला र चलाउनु पनि भएको होला । तर के तपाईले पानीबाट चल्ने बाइक देख्नु भएको छ? सुन्दा अचम्म लाग्न सक्छ तर पानीबाट एक व्यक्तिले बाइक चलाइरहेका छन् ।
ब्राजिलका एक व्यक्तिले पानीबाट चल्ने बाइक बनाएर सडकमा गुडाइरहेका छन् । यसको अर्काे खास विशेषता भनेको पानीबाट चल्ने यो बाइक केबल एक लिटर पानीबाट नै ५०० किलोमिटर भन्दा लामो दुरीसम्म चल्दछ ।
साउ पाउलो सिटीमा रहदै आएका रिकार्डाे एजेवेडो नामक व्यक्तिले उक्त मोटरसाइकल बनाएका हुन् । रिकार्डाेले आफूले आविष्कार गरेको बाइकको नाम टी पावर एचटुओ राखेका छन् । नाममा नै यसको प्रविधिको कुरा लुकेको छ ।
मोटरसाइकलमा बाहिरबाट कारको एउटा ब्याट्री लगाइएको छ । जसले इलेक्ट्सििटी उत्पादन गर्ने गर्दछ ।
मोटरसाइकलमा एउटा पाइप सिस्टम लगाइएको छ । यस पाइप सिस्टममा इलेक्ट्सििटीले वाटर मलिक्यूलबाट हाइडेजन ग्यासलाई अलग गर्ने गर्दछ । यस प्रक्रियामा पाइप सिस्टमको भित्र शक्ति पैदा हुने गर्दछ ।
उक्त शक्तिबाट मोटरसाइकललाई पर्याप्त पावर मिल्छ र बाइक दौडने गर्दछ । रिकार्डाेले आफ्नो उक्त बाइकको प्रदर्शन करिब दुई बर्ष पहिले गरेका थिए ।



