काठमाडौँ- नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ मूल्यवृद्धि गरिएको छ। यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर रु ७९/७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० रुपैयाँ कायम गरिएको छ।

भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah