विश्वको एउटा ठुलो कार निर्माता कम्पनीले ड्राइभरको दिमाग पढ्न सक्ने हेल्मेटको आविष्कार गरेको छ । उक्त हेल्मेटलाई यस्तो तरिकाले डिजाइन गरिएको छ कि, जसले दिमाग पढेर ड्राइभरको ध्यान कता गइरहेको छ भन्ने बताउने गर्दछ ।
यस हेल्मेटको प्रयोगबाट न केबल ड्राइभिङलाई मात्र राम्रो बनाउन सकिन्छ, बरु यसबाट दुर्घटनाको खतरालाई पनि केही हदसम्म कम गर्न सकिन्छ ।
कार निर्माता कम्पनी फोर्ड ले डिजाइन गरेको हाईटेक हेल्मेट टाउकोमा लगाएपछि यो हेल्मेटले गाडी चलाउने सिलसिलामा चालकको दिमागमा भइरहेको सबै गतिविधिहरुलाई रेकर्ड गर्ने गर्दछ । जस्तै कि, चालकमा ऊर्जा कति रहेको छ, उसको ड्राइभरभिङमा कत्तिको ध्यान गइरहेको छ, उसले कसरी सास लिइरहेको छ? लगायतका चीजहरु यो हेल्मेटले सहजै पढेर रेकर्ड गर्ने गर्दछ ।
यो हेल्मेटको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसको सहयोगबाट तपाईले सहजै पत्ता लगाउन सक्नुहुनेछ कि, गाडी चलाउदाको समयमा तपाईको ध्यान सडकमा कति थियो? यसबाट सडक दुर्घटना हुनबाट पनि नियन्त्रण गर्न सकिन्छ । यसका साथै यो हेल्मेटले प्रोफेशनल ड्राइभरहरुको मानसिक स्थिति पनि रेकर्ड गर्ने गर्दछ ।
यस्ता खालका जानकारीहरुले आम मानिसहरुका लागि उत्कृष्ट ड्राइभिङ सिक्नका लागि मद्दत गर्न सक्नेछ । फोर्डको एक अर्काे कम्पनी फेर्ड पर्फमेन्सले लन्डनको किंग्स कलेजसँग मिलेर यो प्रविधि बनाएको हो । यस हाईटेक हेल्मेटमा एउटा हेडसेट लगाइएको हुन्छ । जसले दिमागमा हुने विद्युत गतिविधिहरुलाई सहजै पढ्ने गर्दछ ।
अनुसन्धानका अनुसार यो प्रविधिको प्रयोगबाट ड्राइभरको दिमागलाई पूर्ण रुपमा बुझ्न सकिन्छ । यो हेल्मेट खास रुपमा रेसिंग कार चलाउने मानिसहरुका लागि धेरै नै उपयोगी हुने गर्दछ । जसबाट उनीहरुले आफ्नो दिमाग नियन्त्रण ठीकसँग राख्न सक्छन् र उत्कृष्ट प्रस्तुति पनि दिन सक्छन् ।



