दमक/ इन्दे्रणी बहुद्धेशिय सहकारी संस्था झापा को लखनपुर ५ गेउरीयाले आफ्नो २० औ बार्षिकोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ग्रामिण रक्तादाताहरुलाई पनि आकर्षित गराउन अभियानकासाथ रक्तदान सम्बन्धि जनेचना अभिबृद्धि गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम सहित रक्तदान कार्यक्रम गरिएको सहकारीका सञ्चालक सदस्य राजेन्द्र मिश्रले बताएकाछन् ।
दमक रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ महिला सहित ४६ जनाले रक्तदान गरेको सहकारीका ब्यवस्थापक खगेन्द्र भण्डारीले बताए । उनका अनसार बिहिबार २० औ बार्षिकोत्सवको अवसरमा बिभिन्न पुरुस्कार बितरण तथा सम्मान कार्यक्रम समेत हुदैछ । साता ब्यापि रुपमा बिभन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइदै आएको छ ।



