दुर्घटनामा छोराको मृत्यु भएपछि परिवारले उनको अन्तिम संस्कार गरेर किरिया बसे । किरिया बसेको आठौं दिन भइसकेको थियो । किरियापछि हुने कर्मको लागि निम्तालुहरुलाई शोकपत्र पठाइसकिएको थियो । सबै तयारी भइसकेको थियो । यस्तोमा मरेका भनिएका छोरा जिउँदै घर फर्किंदा घरमा भएका मानिसहरुमा भागाभाग भएको छ ।

ती मानिसहरु भूत आएको सम्झेर भागाभाग गरेका थिए । मृतक भनिएका व्यक्तिले आफू जिउँदै भएको विश्वास दिलाउन पनि निकै संघर्ष गर्नुपर्यो । उनले बडो मुस्किलले आफू जिउँदै भएको र मर्ने व्यक्ति कोही अरु नै भएको परिवारलाई सम्झाएका थिए ।

भारतको छत्तीसगढको हरदीबजारको ढोलपुरमा बस्ने मंगलुराम केवटका छोरा सुन्दर दुर्घटनामा मरेको परिवारले विश्वास गरेका थिए । यहाँ २५ सेप्टेम्बरका दिन कोइला बोकेर हिँडेको ट्रेलर कारलाई ठक्कर दिएर कारसमेत पुलबाट तल नालीमा खसेको थियो ।

घटनामा ट्रेलर चालक सहित दुई जनाको मृत्यु भएको थियो । दुवैको पहिचान खुलेको थिएन । घटनाको ३ दिनपछि मंगलु केही गाउँलेहरुसँग प्रहरी चौकी गए । उनले मृत ट्रेलर चालक आफ्ना छोरा सुन्दर भएको बताए ।

प्रहरीले प्रक्रिया पूरा गरी शव परिवारलाई दियो । शव घरमा ल्याएपछि परिवारले रितिरिवाजका साथ अन्तिम संस्कार गरेर किरिया बसे । अचानक आठौं दिनमा सुन्दर घर पुग्दा परिवारमा हंगामा मच्चियो ।

सुन्दर घरबाट बाहिर जाँदा केही साथीहरुसँग ट्रेलरमा बाहिर जान लागेको भनेर गएका थिए । यही कारण परिवारले सुन्दरको मृत्यु भएको विश्वास गरेका थिए । तर सुन्दर केही दिनका लागि बाहिर गएकोले यो अवधिमा परिवारको सम्पर्कमा आएनन् । सुन्दर सम्पर्कमा नआएपछि परिवारले सुन्दर नै मरेको विश्वस गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah