गोरखा, १६ मंसिर । गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि आज झडप भयो ।

दिउँसो ३ बजेपछि करिब २० मिनेट झडप भएको हो । प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो । कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुङ्गा प्रहार गरी कार्यालय तोडफोड गरेका हुन् ।बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो ।

कार्यालयका सिसा फुटेपछि स्थितिलाई नियन्त्रणमा लिन १५/२० राउण्ड अश्रुग्यास प्रहार गरिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । ‘प्रभावितले कार्यालयको सिसा फुटाएपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चलाइयोे । अश्रुग्यास पनि हानिएको छ,’ थापाले भने, ‘ढुङ्गामुढा गर्नेहरुलाई तितरवितर पारेका छौँ ।’

कार्यालयमा शान्तिपूर्ण तवरले ताला लगाउन खोज्दा प्रहरीले दमन गरेको बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताए । ‘प्रभावितलाई बिना कारण प्रहरीले अश्रुग्यास प्रहार गरेको छ,’ उनले भने, ‘प्रहरी दमन स्वीकार्य छैन ।’ गत कात्तिक ११ गते बूढीगण्डकी आयोजना क्षेत्रको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावितले मुआब्जा रकम न्यून भएको भन्दै विरोध गर्दै आएका छन् ।

केही स्थानीयवासी सामान्य घाइते भएको बताइएको छ । सिउरेनीटार क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । घ्याल्चोक, दर्बुङ, फुजेललगायत विभिन्न १५ गाविसका प्रभावित जनता मुआब्जा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरु कार्यालयमा ताला लगाउन सिउरेनीटार पुगेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah