महोत्तरी-  स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै  आमरण अनसनमा वसेका डा. गोविन्द केसीको माग पुरा गर्नु पर्ने भन्दै  वर्दिवासमा तीन दिन देखि स्वास्थ्यकर्मीहरु धर्नामा बसेका छन्।

चिकित्सा शिक्षा र सेवामा रहेका विकृति अन्त्यका लागि अनशनमा बसिरहेका प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गराउन बर्दिबासमा विभिन्न स्वाथ्यसंस्थासंग आवद्ध  स्वास्थ्यकर्मीहरुले तीन दिन देखि २ घण्टे धर्नामा बस्दै आएका हुन्।

‘तलब पनि बढ्यो सांसदहरुको, बजाउदैं छन् मासु र भात ! जनताको लागि लड्ने डा. केसी भोक भोकै दिन र रात’ भन्ने मूल नाराका साथ बुधबारदेखि स्वास्थ्यकर्मीहरुले बर्दिबास स्थित सिन्धुली रोडमा बिहान १० बजेदेखी १२ बजे सम्म २ घण्टे धर्ना कार्यक्रम जारी राखेका छन्।

माग पुरा नहुञ्जेल धर्ना जारी राख्ने केसी बचाउ अभियानी स्वास्थ्यकर्मी हुलास अग्रवालले बताए।

स्वास्थ्य शिक्षा र अन्य सेवाहरुमा रहेको विकृतिलाई हटाउन १० औं पटकसम्म भोकहडताल गरिरहँदा पनि सरकार मौन भएर बस्नु गैरजिम्मेवारीपूर्ण कार्य भएको बर्दिबासका स्वास्थ्यकर्मीहरुको धारणा रहेको छ।

डा. केसीको माग पुरा नगरे केही दिन भित्रैमा महोत्तरीको सबै स्वास्थ्यसंस्थाहरु बन्द गरेर कडा आन्दोलनमा जाने चेतावनी उनीहरुले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah