एजेन्सी । वेष्टलेक हाइ स्कुलमा एकदिन एकाएक राल्फ बरेरा हेलीले उनका केही विद्यार्थीहरुसँग रात रंगिन पारेको हल्ला चल्यो । यसै आरोपमा गणितकी शिक्षिका हेली २०१५ डिसेम्बर १७ मा पक्राउ पनि परिन् ।
दुई पीडित विद्यार्थीले यो कुरा सही भएको बताए र यो कार्य महिना दिनदेखि चल्दै आएको खुलाए । हुन त दुवै पीडित विद्यार्थीहरु १७ वर्ष उमेर पार गरिसकेका थिए तर अमेरिकाको टेक्सास राज्यको कानुनले शिक्षिकले विद्यार्थीसँग यौन सम्बन्ध राख्नुलाई गैरकानुनी भन्छ ।
यसको बारेमा तब मात्रै कुरा बाहिर आयो जब एक पीडित विद्यार्थीले उनका एक साथीसँग यो कुरा सेयर गरे । त्यसपछि मात्रै उनले आफ्ना अभिभावकलाई हेलीको कर्तुतको भिडियो प्रमाणसहित जानकारी गराएका थिए । र हेलीलाई प्रहरीको जिम्मा लगाइयो ।



