झापाको दमकलाई मुख्य कर्मथलो बनाएर जेसिस अभियानमा सक्रिय रहनु भएका युवा ब्यवसायि जेसिस अभियानकर्मी प्रकाशप्रसाद अधिकारी नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा आफ्नो उम्मेदवारी मनोनयन गरेदेखि नै मलाई लाग्छ अधिकारीको जीत शुनिश्चित भइसकेको छ । दमक जेसिसमा उहाँ अध्यक्ष भएभन्दा अगाडि देखि नै चिन्छु । उहाँको स्वभाव र नेतृत्व क्षमताबाट म प्रभावित बनेको पनि छु । उहाँमा नेतृत्व क्षमता रहेको छ । जेसिस युवाहरुको एउटा प्लेटफर्म हो । नेतृत्व बिकास गर्ने एउटा बिश्वबिद्यालय हो । यसर्थ यहाँ पढेर,जानेर र बुझेर नेतृत्व क्षमताका लागि अघि बढिएको हुन्छ । अधिकारी पनि यसरि नै बढ्नु भएको हो ।

देशभर उहाँको पक्षमा जुन माहोल बनेको छ त्यो माहोलले नै दमक जेसिसबाट राष्ट्रिय अध्यक्षको उम्मेदवार बन्नु् भउका अधिकारीको जित निश्चित जस्तो भएको छ र सर्वसम्मत कै अवस्था केहि अघि सम्म देखिएको हो । नेपाल जेसिसमा क्षमताले नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ । म पनि केहि बर्ष अघिदेखि जेसिस अभियानमा लागेको छु । सिकाइको अवस्थामा छु । म आफूभन्दा सिनियरहरुसंग के अपेक्षा गर्दछु भने अवसर सबैलाइ समान हुनुपर्छ । कामको मूल्याङ्कन गरिनु पर्छ । सबै जेसिस अभियानमा लागेका सदस्यहरुको सोचाइ पनि यस्तै होला ।

तर नेपाल जेसिसमा नेतृत्व गर्ने आदरणिय अग्रजहरुले अधिकारीलाई अवसर दिनको सट्टा आफूले भनेको नमानेको भन्दै अर्कै उम्मेदवार खडा गर्ने भनिएको सुनिदैछ । यो राम्रो होइन । अधिकारीको जित त निश्चित छ तर यसले जेसिसमा लागेका हामीजस्तालाई निराशा पैदा हुन्छ । यस्तो कार्य निरुत्साहित गरिनु पर्दछ । अब देशभरका जेसिसहरुले हाम्रो मान्छे होइन राम्रो मान्छेलाई अवसर दिनु पर्छ । अधिकारीलाई नेपाल जेसिसको नेतृत्वमा पुर्याउनुपर्छ र नेपाल जेसिसमा नयाँ आयामा सिर्जना गर्नु पदर्छ । म एउटा जेसिस सदस्य भएकाले सबै जेसिस मित्रहरुसंग यहि अनुरोध गर्दछु ।अधिकारीलाई सर्वसम्मत बनाउन पहल गरौ र नभए अत्याधिक मतले जिताऔ । (अग्रवाल दमक जेसिसका सदस्य र दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य रहनु भएको छ ।)




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah