अमेरिकाको जर्जियामा रहने सूजी लारसनले आफ्नो न्युड फोटो सोसल साइटमा हालेर मानिसहरुलाई अचम्म तुल्याएकी छिन् । सूजी जब १३ सालकी थिइन् तब उनी सेक्सुअल असाल्टको शिकार भएकी थिइन् । त्यसपछि २ जनाले उनलाई रेप गरे । यस्ता घटनापछि उनले आफैलाई घृणा गर्न थालिन् । यद्यपि, उनले केही समय पहिले आफ्नो न्यूड फोटो सोशल मिडियामा राख्नुको पछाडि एउटा कारण पनि बताएकी थिइन् ।
सूजीले बताइन् कि जब उनी १३ सालकी थिइन् तब उनको परिवारकै एक सदस्यले उनको साथ सेक्शुअल असाल्ट गरे । अब २५ सालकी सूजी भन्दछिन्, त्यस घटनाबाट म बहुतै मुश्किलको साथ बाहिर आएकी छु, त्यो व्यक्ति हाम्रो फैमिली मेम्बर नै थियो । उसले मलाई छुने कोशिस गर्दथ्यो र मेरो शरीरको बारेमा कुरा गर्दथ्यो ।
म निकै डराएकी हुन्थे । उसले मलाई रेप गर्ने धम्की दिन्थ्यो, तर मैले घरमा कसैलाई भन्न सक्दिनथे । किनकी मलाई परिवार विखरिन्छ कि भन्ने डर थियो । मलाई लाग्दथ्यो कि शायद मेरो नै केही गल्ती थियो होला जसको कारणले यो सब भैरहेको छ ।
एक सालपछि भइन् रेपको शिकार
सूजीले अगाडि बताउँछिन् कि यस घटनाको एक साल पछि दुई जना व्यक्तिले उनलाई रेप गरे । सूजीले बताइन् कि घर जाने समयमा दुई जना व्यक्तिले एउटा ट्रकमा उनलाई रेप गरे । उनले भनिन् कि त्यो घटना पछि म आफूलाई घृणा गर्न थाले र डिप्रेसनमा गएँ । मेरो परिवारले मलाई सँभाल्नको लागि सबै कुरा भुल्न आग्रह गरे तर मैले त्यसो गर्न सकिन ।
आफैलाई नोक्सान पु¥याउन थालिन
सूजीले भनिन् कि यी घटना पछि मैले आफूलाई यति घृणा गर्न थालें कि मैले आत्महत्याको बारेमा सोच्न थाले । मैले खाना खान छोडिदिएँ र हमेशा आफ्नो शरीरलाई नोक्सान गर्ने बारेमा सोच्न थाले । मलाई आफ्नो शरीर हेर्न पनि मन लाग्दैनथ्यो ।
विवाह पछि बदलियो जिन्दगी
सन् २०१४ मा सूजीले सैम्युल नामक एक व्यक्तिसँग विहे गरिन्। उनले बताइन् कि विवाह पछि उनी डिप्रेसनबाट बाहिर आउन सकिन्, उनको लोग्नेले यसमा उनलाई मद्दत गरे ।
किन हालिन् न्यूड फोटो
इन्स्टाग्राम अकाउण्टमा न्यूड फोटो हाल्नु पछाडिको कारणबारे सूजीले बताइन् कि उनी अब आफ्नो शरीरलाई प्रेम गर्न थालेकी छिन् । उनी आफ्नो रिकवरीको उत्सव मनाउन चाहन्छिन् । उनले भन्छिन्, हामीले कहिल्यै पनि आफूलाई प्रेम गर्न छाड्नुहुन्न । म महिलाहरुलाई बताउन चाहन्छु कि उनीहरु पनि म जस्तै सुसाइड जस्तो ख्याल मनमा नल्याउन् र दुनियाँसँग लडून् ।



