क्यानाडाका प्रहरीले ३ वर्षअघिको हत्या प्रकरणमा सेल्फी तस्विरबाट एकजना महिलालाई दोषी ठहर गरी गिरफ्तार गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा राखिएको सेल्फी तस्विरमा हतियार फेला पारेको हो ।

प्रहरीले २१ वर्षीया सियेनी रोज एन्टोनियोलाई आफ्नै साथी १८ वर्षीया ब्रिटनी गार्गोलको हत्या आरोपमा दोषी पाएको हो । गार्गोलको मृत शरीरलाई सस्काटुन भन्ने क्षेत्रको एउटा फोहोर मैला फ्याँक्ने स्थानमा फेला पारिएको थियो । उनको हत्या घाँटी थिचेर गरिएको थियो । लासको साथमा एउटा पेटी पनि भेटिएको थियो ।

केहि समयअघि मात्र गार्गोलको मृत्यु अघिको दुई साथीले खिचेको एउटा तस्विर एन्टोनियोले फेसबुकमा पोस्ट गरेकी थिइन् । उक्त तस्विरमा एन्टोनियोले त्यही पेटी लगाएकी थिइन् जुन गार्गोलको लाससँग थियो । यसैका आधारमा प्रहरीले अभियुक्तको पहिचान गरेको हो ।

एन्टोनियोले प्रहरी समक्ष दुवैजना गाँजाले मात्तिएर झगडा भएपछि बेहोसीको अवस्थामा नै त्यस्तो गल्ती भएको बताउँदै अपराध स्वीकारेकी छिन् । तर उनले हत्याको जिम्मेवारी लिएपनि उनको हत्या गरेको आफूलाई याद नभएको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah