काठमाडौं, १८ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँको राजीनामा लगायतका माग राख्दै डा. गोविन्द केसीको अनशनको समर्थनमा राजधानीमा र्याली निकालिएको छ । शनिबार राजधानीको माइतीघरमा भेला भएका डा. केसीको समर्थनमा र्याली निकालिएको हो ।
र्यालीमा अधिकांश सहभागीले पागल लेखिएको कालो पट्टी बाँधेका थिए । अाफूहरु डा. केसीको मागमा समर्थन गर्ने पागल भएको उनीहरुको दावी थियो । सहाभागीले ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा’ भन्ने नारा लगाएका थिए ।
यसका साथै ‘डा. केसीको अनसन मेडिकल माफियालाई टेन्सन’, ‘चार अर्बको लुट हो, जे गर्न नि छुट भो’, ‘डा.केसीको गन्तव्य माफियातन्त्रको अन्त्य’ जस्ता नारा पनि लागेको थियो ।
र्यालीमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई समेत सहभागी भए ।










