बिहिबार एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलन गरी शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ११ बुँदे आरोप लगाएकोमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया जनाएका छन्। खासगरी सत्ता हस्तान्तरणमा ढिलाई गरेको आरोपमा उनले त्यसको खण्डन गरेका छन्।
उनले ट्वीट गर्दै यस्तो लेखेको छन्–
एमाले विज्ञप्तिको बुंदा नं २ बारे !
रास्ट्रीयशभा गठनको कानुन निर्माण,प्रदेश प्रमुख नियुक्ति,काम चलाउ स्थल,माघ २४ मा निर्वाचन,,
यि सबै प्रक्रियाले सत्ता हस्तान्तरणलाई मार्ग-प्रशस्त
गरिरहेको छ !
यस्तो छ एमालेको बिज्ञप्तीको २ नम्बर बुँदामा –
नयाँ निर्वाचनमा वाम गठबन्धनका पक्षमा स्पष्ट बहुमत देखापरेको र सरकार सञ्चालनको स्पष्ट जनादेश प्राप्त भइसकेको सन्दर्भमा पनि नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार जनादेशलाई ‘कसैलाई पनि बहुमत प्राप्त नभएको’ भन्दै लाञ्छित गरिरहेको छ, वाम गठबन्धनलाई विभाजीत गर्ने खुलेआम उद्घोषण गरिरहेको छ र कानुनी छिद्रहरु खोज्दै नयाँ सरकार गठनको बाटो अवरुद्ध गर्न उद्दत छ।



