अहिलेसम्म तपाईले सोच्नुभएको होला कि पुरुषबिना महिला अधुरी हुन्छिन् तर अब यस्तो नहुने भएको छ । किनकी एक नयाँ अनुसन्धान प्रतिवेदनका अनुसार अबको १० वर्षपछि अथवा सन् २०२५–२६ सम्म महिलाले पुरुषसँग होइन बरु रोबोटसँग यौन सम्पर्क गर्न बढी रुचाउने छन् ।
उक्त रिपोर्टमा भनिएको छ कि अहिलेदेखि नै केही महिलाहरुको रोबोटसँगको सम्बन्धप्रति रुचि बढ्दै गइरहेको पाइएको छ । यो क्रम नरोकिने बरु तिव्रदरमा बढ्ने बताइएको छ । कतिपय महिलाहरुले रोबोटसँगको सम्बर्क बढी आनन्ददायक हुने बताउने गरेका छन् ।
रिपोर्टमा मेसिनले पुरुषलेजस्तो आनन्द दिन नसकेपनि महिलाहरुले यसलाई नै बढी रुचाउने गरेको बताइएको छ । यसको सबैभन्दा ठूलो कारण हो एक्लोपना । प्रायः एक्लै रहने महिलाहरुको यस्तो प्रतिक्रिया पाइएको छ ।
यौन सम्पर्कको बेला महिलाहरुले रोबोर्टलाई आफ्नो आवश्यकताअनुसार नियन्त्रण गर्न सक्छन् र आफ्नो रुचिअनुसार काम लिन सक्छन् । रोबोटले हुँदैन पनि भन्दैन र थाक्दा पनि थाक्दैन, अनि न थाकेको बहाना नै बनाउँछ । यो विभिन्न दृष्टिबाट सुरक्षित र गोप्य पनि हुन्छ । यसर्थ महिलाहरुले रोबोटलाई बढी प्राथमिकता दिँदै जाने अनुसन्धानको रिपोर्टमा उल्लेख छ ।



