दमक/दमक झापाको कमल नगर जेसिजको अध्यक्षमा कमल गाँउपालिकाका १ नम्बर वडाका वडाध्यक्ष समेत रहेका केदार कट्वाल सर्वसम्मत चयन भएकाछन् ।
निर्वाचन समितिका संंयोजक एवं दमक जेसिजका पूर्व अध्यक्ष सन्तोष अधिकारीका अनुसार कमल गाँउपालिकाको वडा नं. ६ मा भएको कमल नगर जेसिजको साधरणसभा एवं अधिवेसनबाट कट्वाल सर्वसम्मत रुपमा चयन भएकाहुन् ।
यसैगरी कार्यकारी उपाध्यक्षमा बिष्णुभक्त लामिछाने र तिलरुपा सुबेदी दाहाल, उपाध्यक्षहरुमा भिम अधिकारी, छत्रपती खनाल, रिजु कार्की र नारायण बस्नेत निर्वाचित भएकाछन् ।
तालिम निर्देशकमा शेखरनाथ न्यौपाने र जनसम्पर्क अधिकारीमा बुद्धप्रसाद पाण्डे निर्वाचित भएको अधिकारीले जानकारी दिए । बोर्डमा महासचिब लगायतका महत्वपूर्ण पदहरु अध्यक्षले मनोनयन गर्ने जेसिजको बिधानमा रहेको छ ।




