१९ मंसिर । नयाँ शक्ति पार्टी नेपालले देशभर संगठन विस्तारको लागि घरदैलो अभियान सुरु गर्ने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीको सांगठनिक विस्तारका लागि ‘घरघरमा नयाँ शक्ति अभियान-२०७३’ सुरु गर्न लागेको हो ।

संविधान कार्यान्वयनसँगै मुलुकलाई अगाडि बढाउन समृद्धि उन्मुख शैली, संस्कार, सोंच र दृष्टिकोणसहितको नयाँ राजनीतिक संगठन बनाउनु पर्ने आवश्यकता महशुस गरेर स्थानीय तहबाटै पार्टीलाई सुसंगठित गर्ने उद्देश्यका साथ संगठन विस्तारकेन्द्रित अभियान सुरु गर्न लागेको एक नेताले जानकारी दिए ।

भर्खरै सम्पन्न केन्द्रीय कार्यकारी समितिले आगामी छ महिनाका लागि तय गरिएको अभियान विभिन्न तीन चरणमा सम्पन्न गर्ने निर्णय गरेको हो । पहिलो चरण मंसिर र पुष महिनाभर संचालन हुनेछ जसमा पार्टीको संगठनात्मक तयारीका साथै मुख्य राजनीतिक मुद्दाहरूको छिनोफानो गर्ने र मुलुकमा राजनीतिक ध्रुवीकरणका लागि वार्ता, संवादहरूको थालनी गर्ने कार्ययोजना रहेको छ ।

त्यस्तै अभियानको दोश्रो चरण माघदेखि चैत्र मसान्तसम्म हुनेछ । सो अवधिमा संगठन विस्तार र सामाजिक तथा राजनीतिक अभियानहरू संचालन गरिनेछ । अभियानको तेश्रो चरण अन्तर्गत देशको जल्दोबल्दो राजनीतिक घटनाक्रमहरूमा कुनै गुणात्मक फेरबदल नभएको खण्डमा बैशाख–जेष्ठ मसान्तसम्म पार्टीका विभिन्न तह हुँदै केन्द्रीय महाधिवेशनको आयोजना गरिने जनाइएको छ ।

यो कार्ययोजना अवधिमा पार्टीले संगठनलाई स्थानीय तहको टोलसम्म पुर्याउने, पार्टीका स्थानीय तहका अधिवेशनहरू सम्पन्न गर्ने, राजनीतिक अभियानलाई सुदृढ बनाउने, पार्टीमा ध्रुवीकरणलाई तीव्र पार्ने र सामाजिक अभियानको माध्यमबाट जनताका आधारभूत सवालहरूमा जनपरिचालन गर्ने योजना बनाएको छ ।

बैठकले यो अवधिमा पार्टीको कूल सदस्य संख्या बढाएर तीन लाख पुर्याउने लक्ष्य निर्धारण गरेको छ । देशमा आसन्न स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै नगरपालिका/गाँउपालिकाकेन्द्रित निर्वाचनमुखी कार्यक्रम, जनपरिचालन, राजनीतिक मोर्चा निर्माण र शक्ति सन्तुलनमा हस्तक्षेप बढाउँदै निर्वाचनमा पार्टीको राजनीतिक प्रभावकारिता बढाउन रणनीति बनाएर कार्यान्वयनमा जाने बैठकले निर्णय गरेको छ ।

त्यस्तै देशको समग्र रुपान्तरणको लागि मुलुकका जल्दाबल्दा राष्ट्रिय, राजनीतिक, सामाजिक, आर्थिक, मुद्दाहरुमा अभियान र आन्दोलनको अगुवाइ गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले अभियानमा उठान गर्ने मुद्दाहरुलाई तीन भागमा वर्गीकरण गरेको छ । जस अन्तर्गत राजनीतिक रुपमा संविधान संशोधनमार्फत मधेसी, थारु, आदिवासी जनजाति, दलित आदि आन्दोलनले उठाएका मागहरूको सम्बोधन गर्नुपर्ने, राजनीतिक स्थायित्व र समावेशी विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक ब्यवस्थापिका–संसदको मागलाई पूरा गराउन जनदबाबस्वरुप जनस्तरबाट १० लाखको हस्ताक्षर संकलन गर्ने कार्यक्रम अगाडि सारेको छ ।

त्यसैगरी आर्थिक विषय अन्तर्गत महगीले आक्रान्त जनतालाई सहुलियत दिन रासनकार्डको ब्यवस्थाको माग गर्ने, विकराल बन्दै गइरहेको बेरोजगारी समस्याको विरुद्ध युवाहरुको नेतृत्वमा सशक्त देशव्यापी आन्दोलन सिर्जना गर्ने र भ्रष्टाचारमा शून्य सहनशिलतासहितको सेवा प्रवाहमा सुधारका भ्रष्टाचारविरुद्ध जनता परिचालन गर्ने अभियानहरू केन्द्र, जिल्ला र स्थानीय तहमा संचालन गर्ने जनाएको छ ।

सरकारी सेवा क्षेत्रलाई जनमैत्री र समृद्धि उन्मुख बनाउन युवाहरूलाई सरकारी सेवामा आकर्षित गर्न र रोजगारीका अवसरहरू सृजना गर्न माग गर्ने तथा भूकम्प, बाढीपहिरो, डुवानकटान जस्ता विपत्तिहरूबाट प्रभावितहरूलाई सरकारले छिटो र प्रभावकारी राहत, पुनःस्थापना र पुनःनिर्माण/नवनिर्माणको व्यवस्था गर्न जनदबाबमूलक अभियान संचालन गर्ने जनाएको छ ।

त्यसैगरी महिला, दलित, अल्पसंख्यक र सीमान्तकृत जनताका सामाजिक सरोकारका विषयहरू, क्षेत्रगत सवालहरूलाई समेत समाजिक आन्दोलनका रुपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ । साझापोस्ट बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah