बिबिसी । भारतमा आमाबुबाले अनिच्छापूर्वक जन्माएका छोरीहरूको संख्या २ करोड १० लाख रहेको एउटा सरकारी प्रतिवेदनले देखाएको छ।

अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार छोरा नहुञ्जेल धेरै दम्पतीले सन्तान जन्माउने क्रमलाई निरन्तरता दिएका थिए।

लेखकहरूले लिङ्ग पहिचान गरी गर्भपतन गराउनेभन्दा छोराको जन्मलाई महत्त्व दिने प्रचलन रहेको उल्लेख गर्दै त्यसले बालिकाका लागि कम स्रोत साधन उपलब्ध हुने चेतावनी दिएका छन्।

उनीहरूले भनेका छन्, छोराको जन्मलाई महत्त्व दिने मान्यताबारे भारतीय समाजले गम्भीर रूपमा विचार गर्नुपर्छ।

लेखकहरूले भनेका छन्, भारतमा ६ करोड ३० लाख महिलाहरू देशको जनसंख्याबाट ‘बेपत्ता’ भएका छन्।

उनीहरूका अनुसार लिङ्ग पहिचान गरेर गर्भपतन गराउने प्रवृत्ति र छोरालाई बढी उपलब्ध गराइने स्याहारसुसारले यस्तो अवस्था आएको हो।

भारतमा भ्रुणको लिङग पहिचानलाई गैरकानूनी मानिन्छ। तर पनि त्यस्तो जाँच गराइन्छ र कतिपय अवस्थामा गर्भपतन समेत गर्ने गरिन्छ।

छोरी नभइ छोरामा हुने सम्पत्ति हस्तान्तरण, विवाहका क्रममा छोरीलाई दाइजो दिनुपर्ने र दुलही दुलाहाको घर जानुपर्ने प्रचलनसहितका कारण भारतमा छोरालाई प्राथमिकता दिने गरिन्छ।

सांस्कृतिक रूपमा छोरालाई बढी महत्त्व दिइएका कारणले एउटा भारतीय समाचारपत्रले वैज्ञानिक रुपमा प्रमाणित नभएका छोरा जन्माउने उपायहरूको सूची समेत प्रकाशन गरेको थियो।

त्यसमा पश्चिम फर्किएर सुत्नुपर्ने र साताका विशेष दिनमा मात्रै यौनसम्पर्क गर्नुपर्ने जस्ता बुँदा समेटिएका थिए।

छोराको मोहबाट सबैभन्दा बढी प्रभावित राज्यहरूमा पञ्जाब र हरियाणा छन् भने सबैभन्दा कम प्रभावित चाँहि मेघालय रहेको छ।

पञ्जाब र हरियाणामा ७ वर्षमुनिका एक हजार बालिका हुँदा सोही उमेर समूहका बालकको संख्या भने १२ सय रहेको उक्त आर्थिक सर्वेक्षणका लेखकहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah