मिर्गौला शरीरको महत्वपूर्ण अंगमध्ये एक हो । यसले शरीरको कार्यप्रणालीलाई सुचारु राख्ने काम गर्छ । मिर्गौलाको समस्या जीवनकै लागि खतरा सबित हुन्छ । पछिल्लो समय मिर्गौला क्यान्सर पनि गम्भीर समस्याका रूपमा देखा परेको छ । यस्ता छन् मिर्गौला क्यान्सरबारे पाँच तथ्य :
धूम्रपान र अत्यधिक मदिरा सेवन गर्दा तपाईंको मिर्गौलालाई क्षति पुग्छ । यसले मिर्गौला क्यान्सरको खतरा पनि कैयौँ गुणा बढाएर लैजान्छ । मिर्गौलाको क्यान्सरबाट बच्न धूम्रापानमा कमी ल्याउन अत्यावश्यक छ ।
मिर्गौला फेल हुँदा वा ठीक तरिकाले काम नगर्दा डायलोसिस गर्न आवश्यक हुन्छ । तर, लामो समयसम्म डायलोसिस गर्दा पनि मिर्गौला सिस्ट अर्थात् मिर्गौला क्यान्सरको खतरा बढेर जान्छ । तर, डायलोसिस र मिर्गौला क्यान्सरको सीधा सम्बन्ध भने छैन ।
वंशाणुगत कारणले पनि मिर्गौला क्यान्सर हुन्छ । यस्तो अवस्थामा प्रत्येक मिर्गौलामा ट्युमर बन्न सक्छ । वंशाणुगत कारणले भने कम उमेरमा पनि क्यान्सर हुने सम्भावना हुन्छ । यदि तपाईंमा उच्च रक्तचापको समस्या छ भने मिर्गौला रोगको सम्भावना पनि अधिक हुने गर्छ । त्यसैले समय–समयमा उच्च रक्तचापसँगै मिर्गौलाको पनि जाँच गर्न आवश्यक छ ।
अनुसन्धानले भनेको छ कि मोटो मानिसमा मिर्गौला क्यान्सरको सम्भावना पातलो मानिसको भन्दा निकै बढी हुन्छ । मोटोपनकै कारण मिर्गौला क्यान्सरको खतरा ७० प्रतिशतले बढेर जान्छ ।



