बलिउड सुन्दरी ऐश्वर्या रायले आत्महत्या गर्ने प्रयास गरेको खबर अहिले सामाजिक सञ्जाल र वाट्स एपमा भाइरल भइरहेको छ ।राय घाइते भएको तस्वीरसहित सामाजिक सञ्जालमा पोष्ट गरेर उनले आत्महत्या गर्ने प्रयास गरेको खबर भाइरल भइरहेको छ ।

ऐश्वर्या राय आफ्नो वैवाहिक जीवनदेखि निराश भएका कारण आत्महत्या गर्ने प्रयास भएको भन्दै सामाजिक सञ्जालमा रायको तस्वीर सेयर भइरहेको छ ।

ऐश्वर्या रायले ए दिल है मुश्किल है फिल्ममा रणवीर कपूरसँग बोल्ड सिन दिएका कारण बच्चन परिवार उनीसँग निराश रहेको भन्दै त्यही तनावका कारण पनि रायले आत्महत्या गर्ने कोशिस गरेको भन्दै उनको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भइरहेको छ ।

ऐश्वर्या रायले चक्कुले आफ्नो हात काटेको र परिवारले देखेपछि डाक्टरलाई घरमा बोलाएर रायको उपचार गरेको समेत खबर बाहिर आइरहेको छ । ऐश्वर्या रायले जीवनदेखि निराश भएर आत्महत्या गर्ने कोशिस गरेको भन्ने समाचारमा कुनै सत्य नभएको तथ्य बाहिर आएको छ ।

ऐश्वर्या रायले ए दिल है मुश्किलमा निभाएको भूमिका निकै सराहनीय भएको भन्दै रायलाई प्रोगेसिभ वुमनको संज्ञा दिएका थिए । फिल्ममा रायले निभाएको भूमिका महिला विकासका विषयमा उदाहरणीय काम भएको उनका ससुरा अमिताभ बच्चनले बताएका थिए । त्यसकारण पनि ऐश्वर्या रायको फिल्मी भूमिकामा बच्चन परिवार असन्तुष्ट नरहेको मान्न सकिन्छ  र , फिल्ममा रायले दिएको बोल्ड सिनप्रति परिवारको कुनै आपत्ति नरहेको थाहा हुन्छ ।

रायका पति अभिषेक बच्चनले केही समय अघि पत्नी ऐश्वर्या रायको फिल्मी भूमिकामा निकै खुशी रहेको भन्दै निर्देशक करण जौहरको टीमलाई फिल्म सफलताको कामना समेत गरेका थिए । यसकारण पनि आत्महत्या गर्ने प्रयास गरेको भन्ने कुरा झुठो साबित हुन्छ । ऐश्वर्या राय घाइते भएको उक्त फोटो १२ बर्षअघि रिलिज भएको फिल्म खाकीको सुटिङको समयमा खिचेको थियो ।  पुर्बेली खबर बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah