लखनपुर ,१९ माघ/झापाको कमल गाउँपालिका–५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेल मैदानमा शुक्रवार भएको उद्घाटन खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लव विजयी भएको छ ।

रेडहर्स फूटबल क्लव इलामलाई १ का विरुद्ध ३ गोल गरि सुनसरीको जागृति दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । खेलको १३ औ मिनेटमा जागृतिका निनम राईले हेड मार्फत कर्नर गोल गरे । खेलको हाफपछि जागृतिकै समिर राईले ३८ औ मिनेटमा थप गोल गरे । त्यस्तै खेलको ६६ औ मिनेटमा जागृतिकै शुसान्त तामाङले थप एक गोल गरि ३ –१ को गोल अन्तर गराएका थिए ।

निकै प्रतिष्पर्धात्मक खेलमा जागृतिका विरुद्ध इलामको रेडहर्सको आधा दर्जन बढी प्रहारलाई गोल गर्नबाट रोकेका थिए । खेल अवधि भरि इलामको रेडहर्सले भने सान्तवना गोल मात्र फर्काएको थियो । खेलको ५५ औ मिनेटमा रेडहर्सका पासाङ शेर्पाले एक गोल फर्काएका थिए ।

सो खेलको म्यान अफ दि म्याच इटहरीका उमेश कार्की घोषित भए । सोही अवसरमा हङकङ झापा मञ्चले प्रतियोगिताका लागि क्लवलाई ५० हजार सहयोग प्रदान गरेको थियो । प्रतियोगितामा विजेताले नगद १ लाख १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

गुहेश्वरी युवा क्लवका दिवंगत सदस्य विशाल खड्काको स्मृतिमा शुरु भएको प्रादेशिक स्तरिय फूटबल  प्रतियोगितामा शसस्त्र प्रहरीको टिम ,आयोजकसहित पूर्वका ८ वटा टिम सहभागि छन् । प्रतियोगिताको फाइनल खेल माघ २६ गते हुने छ । आज शनिवार हुने दोश्रो खेलमा आयोजक र धनकुटा फूटबल क्लववीच खेल हुने क्लवका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah