दमक÷झापाको स्थानीय तह पुर्नसंरचनामा विरोध संघर्ष समितिनै गठन गरेर आन्दोलनमा उत्रिएका क्षेत्र नम्बर ७ स्थानीय राजनितिक दलले थप आन्लदोलनको कार्यक्रम घोषणा गरेका छन् । आज तोपगाछीमा वसेको क्षेत्र नम्बर ७ स्तरीय संघर्ष समितिको वैठकले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । क्षेत्र नम्बर ७ लाई दमक उपमहानगरपालिका घोषणाको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको संघर्ष समितिले यस अघि पनि बभिन्न संघर्षको कार्यक्रम गर्दै आएको थियो ।
यस्तै अब पुनः शसक्त आन्दोलन गर्ने भएको आन्दोलन संघर्ष समितिका संयोजक रेवतराज पुरी गगनले जानकारी दिए । आन्दोलनको कार्यक्रम अन्तरगते जिल्ला स्थिात प्रविधिक सहयोग समितिले गरेको निर्णयको खेद प्रकट गर्दै मंसिर २१ गते समिति र जिल्ला प्रशासन कार्यालय झापालाई अन्तिम पटक अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने,२५ गते शनिबार दमकमा बृहत जनप्रदर्शन गर्ने र २६ गते देखि यस क्षेत्रका सबै सरकारी कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय भएको छ । आन्दोलन परिचालन निर्देशक समितिका संयोजक सुरेस सुब्बाका अनुसार आगामी दिनका आन्दोलनका कार्याक्रममा प्रहरीले हस्तक्षेप गरेमा सार्वजनिक यातायात र बजार पनि ठप्प पर्ने बताएका छन् । दमकलाई उपमहानगरपालिका घोषणा नगरे सम्म आन्दोलनलाई शसक्त ढंगबाट अघि बढाईने नेकपा एमाल झापा क्षेत्र नम्बर ७ का क्षेत्रिय इञ्चार्ज होम थापाले जानकारी दिए ।



