बिहान ११ बजे खाना खाइवरी पोखराको पृथ्बीचोक स्थित एक होटेल धनीले होटल सरसफाई गर्दै थिए । त्यतिकैमा बाबुछोरी जस्तै देखिने दुईजना भित्र छिरे । झन्डै ५० वर्षका जस्ता देखिने पुरुषले छोरी जस्ती देखिने युवति लिएर कोठाको माग गरे। होटल धनिले सकसक मान्दै कोठा देखाइदिए ।

हाफ जाङ्गे, चुच्चे टोपी, टिसर्ट र जुत्तामा सजिएका पुरुष। लेगिङस र टिसर्ट लगाएकी, कानमा ईयरफोन ठोसेकी ती युवतीलाई पुरुषले ‘भाञ्जी’ भन्दै बोलाए । मामाले बोलाएपछि केही नबोलि उनकै पछि लागेर दुवै जना कोठामा पसे । कोठा देखाउनु अघि होटल धनिले ग्राहक रजिस्टरमा नाम लेख्न लगाए । ती पुरुषले ‘जीतबहादुर थापा’ नाम लेखे, तर ठेगाना भने लेखेनन् । करिब दुई घण्टा कोठामा बिताएपछि उनीहरु निस्किए । होटल धनि कोठाभित्र छिर्दा उनले कन्डम डस्टविन बाहिरै फालिएको भेट्टाए । प्रयोग गरि फालिएका कन्डमले पुष्टी गर्थ्यो, ती दुईले यौनलिला सकेर निस्किएका थिए ।

साँझको ६ बज्न लाग्दै थियो लेकसाइडको एक होटलमा बाबु छोरी जस्तै देखिने एक जोडीभित्र छिरे । होटल मालिक्नी मात्र थिइन् । होटल मालिकनी त्यतिखेर चकित परिन् जब बाबुछोरी जस्तै देखिने उनीहरु मध्ये ती अधबैंशले केही समयको लागि कोठा भन्दै थिए । एकछिन त होटल मालिकनी हेरेको हेर्यै भईन् तर के गर्नु अफ सिजनको समय होटलको भाडा त तिर्नु नै थियो । उनले केही नबोलि ‘२०५’ नम्बर कोठाको चाबी थमाइदीइन् र रजिष्टरमा नाम लेख्न लगाइन ती पुरुषले आफ्नो नाम लेखे र भान्जी यता भन्दै रु ८ सय काउन्टरमा बुझाएर कोठा तीर लागे ।

पछिल्लो समय पोखरामा अधैंबैशे उमेरका ब्याक्तिले आफ्नो यौनप्यास मेटाउन अपनाउने नयाँ आइडिया हो यो । आफ्नो सेक्स भोक मेट्नलाई केसम्म गर्छन् भन्ने सानो उदाहरण हो यो । त्यसो त आजभोली पोखरामा भर्खरका युवतिले बाबु समान र युवाले आमा समानका उमेर देखिनेहरुसँग सेक्समा रमाउन थालेका छन् । समाजको आगाडि पवित्र साइनोलाई सम्बोधन गर्दै भित्रभित्रै अनैतिक क्रियाकलापमा लिप्त हुनेको संख्या बढ्दैछ पोखरामा । प्राय त्यस्ता जोडीहरुले मामा, भाञ्जी, अन्टी, अंकल, सम्बोधन गर्दै अनुचीत कार्यमा संग्लन भएको पाइएको छ ।

युवाको प्रेममा परेर अन्धा हुने धेरै युवती छन् । तर, सेक्स र पैसाकै लागि भर्खरकी युवती ‘मामा’ भन्दै पाका उमेरका पुरुषसँग अंगालोमा बेरिन्छन् । युवतीहरुको आँखा पनि वैशालु उमेरका युवातिर नभई उमेर ढल्केका पुरुषहरुमा पर्न थालेको छ । आफ्नो स्वार्थ पूर्ति गर्न उनीहरुले पवित्र साइनो ‘मामा भाञ्जी’ को दुरुपयोग गरिरहेका छन् । १७ नकटेका युबतिले दाह्री जुंगा फुलेका पुरुषलाई आँखा लगाउने चलन पोखरामा ह्वात्तै बढेको छ । यस्ता महिला र पुरुषले समाजलाई विकृतिको बाटोतिर त डोर्याइरहेका छन् नै उनीहरुले सम्बोधन गर्ने यस्ता साइनोले नजिकको नाता साइनोमा समेत लज्जा र अरुको नजरमा प्रश्न चिन्ह खडा गरेका छन् ।

त्यसो त बेरोजगार युवायुवतीलाई आफ्नो आवश्यकता पूरा गर्न मुस्किल छ शहरमा । साथीभाइसंग घुमघाम गर्नैपर्यो । चलनचल्ती अनुसारको कपडा लगाउनै पर्यो । अनी कहिलेकांही क्याफे र फिल्म हल धाउने तथा महँगा मोबाइलमा सेल्फी खिच्ने रहर त छँदैछ । यी यस्तै आवश्यकता र महत्वकांक्षा पूर्ति गर्न पैसाको जोहो गर्ने ध्याउन्नमा पोखरामा युवायुवतिले यस्तो उपाय रोज्ने गरेका हुन् । ‘व्यापार गर्न बसेपछि कोठा दिनैपर्यो तर त्यस्ता जोडी देख्दा आफैलाई आत्मग्लानी भएर आउछ । पृथ्बीचोकका एक व्यवसायी खिन्नता व्यक्त गर्छन् । उनी भन्छन् ‘मामा भाञ्जी भन्दै आउँछन् अरुका आँखा छल्न यस्तो साइनो पो प्रयोग गरिएको रहेछ ।’

युवाले आफूभन्दा दोब्बर उमेरका महिलालाई गर्लफ्रेण्ड र युवतिले पनि आफ्नो दोब्बर बढी उमेरका पुरुषलाई ब्वाइफ्रेन्ड बानाउने जोडी बग्रेल्ति छन् पोखरामा । भर्खरकी युवतिको अंगालोमा बेरिन पाएपछि ४५ कटेका पुरुषका गोजीबाट पैसा झर्न बेरै लाग्दैन । बाबुसमानको ब्याक्तिलाई अंगालोमा बेर्नु रहर वा बाध्यताभन्दा आवश्यकता पूरा गर्ने माध्यम बनेको छ त्यस्ता सम्बन्धमा रमाउने युवायुवतिलाई । प्लस टु पढ्दै गरेकी सपना कार्कीका ‘मामाहरु पनि कम छैनन् । आफ्ना आवश्यकता पूरा गर्न उनले पाका उमेरका पुरुषलाई ‘मामा’ भन्दै ब्वाईफ्रेन्ड बनाउनु परेको हो । ‘आफ्नै उमेरका केटाको जब नि हुँदैन, पैसा नि हुन्न’ १८ बर्षीया सपना भन्छिन् ‘ ‘हल्का गफ दिने र अंगालोमा बेरिने बित्तिकै बुढाहरुबाट पैसा झरिहाल्छ ।’ बुढाहरुसँग सम्बन्ध राख्दा आफु सुरक्षीत भएको दाबी गर्ने सपनाले बुद्दचोक बस्ने एकजना अधबैंशेलाई आफ्नो प्रेम जालमा पारेकी छिन् । गलत नम्बर परेर उनको मोबाइलमा फोन आएपछि चिनजान भएका उनका मामा उनीभन्दा झन्डै २० वर्ष जेठा हुन् ।

सजिलैसँग अर्थोपार्जन हुने भएकाले बाबु समानका पुरुषलाई पनि प्रेमी बनाउन पछि हट्दैनन् युवतीहरु । समाज र अरुको आँखा छल्न उनीहरु मामा र अंकल साइनो लगाउँछन् । सामान्यतया खल्तीमा पैसा हुन्जेल अडिने युवतीको माया पैसा घट्नासाथ अर्को मामाको खोजि गर्न थाल्छन् । भारतीय भूपू सैनिक बमबहादुर गुरुङका भाञ्जीहरु टन्नै छन् । भर्खरकी युवतिलाई अंगालोमा कस्न बानी परेका उनी थरिथरीका केटीसँग संगत गर्छन् । तीन वटा बिहे गरिसकेका उनी युवा झै ठाँटिएर पल्सर बाइक चढ्छन् । हप्तादिनसम्म एउटीसँग लसपसिएका उनी दश-पन्ध्र दिनपछि अर्कैसँग घुमफिर गर्छन् । ‘तरुनी खेति गर्दागर्दै आफ्नै घरबार बिगारीसक्यो । पैसा छँदैछ, पैसा भएपछि भर्खरका केटी पनि लुसुक्क परेर पछि लाग्छन्’ ’ बूढोका दिन यसरी नै जाने भए ।’ उनकै एक छिमेकी गुनासो गर्छन् ।

(प्रस्तुत रिपोर्टमा समावेश व्यक्तिका नाम परिवर्तन गरिएका हुन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah