विकिपेडियाबारे अधिकांश इन्टरनेट प्रयोगकर्ता जानकार नहुने कुरै भएन । कुनै ठाउँ, व्यक्ति या विषयको जानकारी लिन पनि विकिपेडियाको सहारा लिने गरिन्छ । तर, दिनहुँजसो विकिपेडियामा प्रवेश गर्ने तपाईंलाई यसबारे कत्तिको थाहा छ । विकिपेडिया कसले सुरु गर्यो, कहिले सुरु भयोदेखि यहाँ सबैभन्दा बढी पढिने लेख र बढि खोजिने व्यक्तिसम्मको जानकारी लिनुहोस् । जान्नुहोस् विकिपेडियाबारे २० तथ्य :
१. विकिपेडियाको सुरुवात जिमी वेल्स र लेरी संग्रा नामका दुई व्यक्तिले गरेका हुन् । सन् २००१ बाट विकिपेडिया सुरु भएको हो ।
२. सायद तपाईं अनविज्ञ हुनुहुन्छ कि विकिपेडियामा राखिएको पहिलो लेख कुन थियो । संस्थापक जिमी वेल्सले पहिलो लेख कतै हराएको पुष्टि गरेका छन् । उनका अनुसार त्यो लेख उनी आफैँले सम्पादन गरेका थिए । जसको शिर्षक थियो ‘हेल्लो वल्र्ड’ ।
३. विकिपेडियामा ‘विकी’ शब्दको अर्थ ‘छिटो’ हो । यो शब्द ‘हवाई भाषा’बाट लिइएको हो ।
४. अंग्रेजी विकिपेडियामा वेबसाइटहरुमध्ये सबैभन्दा बढी ४६ लाख लेखहरु छन् ।
५. विकिपेडियामा प्रत्येक दिन ७ हजार नयाँ लेखहरु सार्वजनिक हुन्छन् ।
६.विकिपेडियाको पहिलो लोगो १७ वर्षीय पल स्टेनसिफरले बनाएका थिए । यो लोगो २००३ मा डिजाइन प्रतियोगिताबाट चुनिएको थियो ।
७. ‘सेक्स’ विकिपेडियाको सबैभन्दा प्रसिद्ध लेख हो । जुन सबै भाषामा उपलब्ध छ ।
८. प्रत्येक महिना ५ करोडभन्दा बढी प्रयोगकर्ता विकिपेडिया प्रयोग गर्छन् । प्रत्येक महिना यसलाई २ करोड पटकभन्दा बढी पढिन्छ ।
९. विकिपेडियामा सबैभन्दा बढी पढिने पेज एप्पल कम्पनीका संस्थापक स्टिव जब्सको हो । ६ अक्टुबर २०११ मा भएको एक रिसर्चअनुसार एक दिन ७४ लाख र अघिल्लो दिन १६ लाखभन्दा बढी प्रयोगकर्ताले विकिपेडिया हेरेका थिए ।
१०. विकिपेडियामा ५० प्रतिशत प्रयोगकर्ता गुगलको माध्यमबाट आउँछन् ।
११. अमेरिकी पूर्वराष्ट्रपति ‘जर्ज डब्ल्यू बुश’को विकिपेडिया पेज सबैभन्दा बढी सम्पादन गरिएको छ । यसलाई ४६ हजार पटक सम्पादन गरिएको छ ।
१२. विकिपेडियामा आर्टिकल सम्पादन गर्ने व्यक्तिको नाम सन् २००६ मा पहिलोपटक टाइम म्यागजिनमा जोडिएको थियो ।
१३. विकिपेडियामा पैसा कमाउनका लागि कुनै विज्ञापन देखाईंदैन ।
१४. विकिपेडियालाई ‘नो प्रोफिट, नो लस्ट’को आधारमा अगाडिड बढाइएको छ ।
१५. विकिपेडियाका कुल एक लाख १५ हजार एक्टिभ सम्पादक तथा २ करोड ७० लाख रजिस्टर्ड सम्पादक छन् ।
१६. विकिपेडियाको थिम गीतको नाम ‘होटल विकिपेडिया’ हो । यसलाई २००४ मा सार्वजनिक गरिएको थियो ।
१७. विकिपेडियाको अंग्रेजी तपाईंलाई धेरै गाह्रो लाग्यो भने बायाँतर्फ ‘सिम्पल इंगलिस’ अप्सनमा क्लिक गर्नुहोस् ।
१८. विकिपेडियामा आउने मानिसको संख्या धेरै विरोधाभाषपूर्ण छ । यस वेबसाइटमा आउने मानिसको संख्यामध्ये पुरुष करिव ९० प्रतिशत तथा महिला ९ प्रतिशत छन् ।
१९. यो वेबसाइटमा सबै भाषाका आर्टिकल उपलब्ध छन् । विश्वका सबै देशमा विकिपेडिया प्रयोग गरिन्छ । यो वेबसाइटमा केही भाषा यस्ता पनि छन्, जुन इन्टरनेटमा पनि उपलब्ध छैनन् ।
२०. ‘कोन्सेर्वापेडिया’ नामक वेबसाइटले विकिपेडियालाई सबै लेखहरु चोरेको र सबै जानकारी गलत भएको आरोप लगाएको थियो । तर, यो आरोपले कुनै प्रभाव पारेन । विकिपेडिया आज पनि त्यत्तिकै प्रयोग गरिन्छ, जति पहिले गरिन्थ्यो ।



