दमक/अधिकाँश पूर्वी क्षेत्रमा छायांकन भएको नेपाली कथानक चलचित्र पार्सल मंसिर २४ देखि गते देश भर प्रदर्शनमा आउने भएको छ ।
चलचित्र युनिटले आज दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र मंसिर २४ गतेबाट नेपाल भर प्रदर्शनमा आउने जानकारी दिएको हो । रबिन श्रेष्ठद्वारा निर्देशित चलचित्र पार्सल नेपालमानै पहिलोपटक ताप्लेजुंगको पथिभरा देबिको मन्दिरमा छायाँकन गरिएको बताईएको छ । बिदेशिएका युवाले पाठाएको सामान साटिए पछिको अवस्थालाई चलचित्रले मुख्य विषय बस्तु बनाएर प्रस्तुत गर्न खोजिएको चलचित्रका अभिनेता पे्रम सुब्बाले बताए । उनले भने,‘चलचित्रमा हामीले नेपालमा विद्यामान चेलिबेटी बेचविखनलाई समेत देखाउन खोजेका छौँ’ । ८० लाखको लागतमा बनेको चलचित्रमा एक्सन,कमेडी र प्रेम कथाको त्रिकोणात्मक सम्बन्ध रहेको चलचित्रका मुख्य खलनायक सोनु जयन्तीले बताए । यस अघि पनि हङ्कङ्ग, सिंगापुर नेपालको धरान र उर्लाबारीमा च्यारिटी शो गर्दा दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएकाले चलचित्र चल्नेमा आफूहरु आशबादी रहेको अभिनेता सुब्बाले बताए । चलचित्रमा प्रभु श्रेष्ठ, किशोर खतिवडा, नीता ढुंगाना, सृजना सुब्बा लगायत कलाकारले अभिनय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । चलचित्रको निर्माता किशोर सम्बाहाम्फे रहेका छन् ।



