एजेन्सी- चीनमा दुई वटा टाउको भएको सुँगुर अहिले निकै चर्चामा छ।

यो सुँगुरको बच्चा दुई वटा टाउको, तीन वटा आँखा, दुई नाक र दुई मुखसहित जन्मिएको थियो। आफ्नो फार्ममा जन्मिएको यस बच्चाका सम्बन्धमा मालिक झोङ झोङ गुयुआन भन्छन्, ‘यसको आमालाई मैले तीन वर्षअघिदेखि पाल्दै आएको थिएँ। आमाले गर्भवती छँदा सामान्य दानाबाहेक केही खाएकी थिइनन्। तर एक्कासि अनौठो बच्चा जन्मियो।’

यो बच्चा किन्नका लागि २ हजार युआनसम्म खर्चन अन्य व्यक्तिहरु तयार भएको पनि उनले बताए। पैसाका प्रस्ताव आए पनि झोङले सुँगुरको बच्चा नबेच्ने भएका छन्।

चीनमा दुई वटा मुख लिएर जन्मिएको यो पहिलो सुँगुर होइन। चीनमा यस्ता घटना सामान्य हुन्। यसअघि सन् २०१५ का अगस्टमा पनि दुई वटा टाउको भएको एउटा सुँगुरको बच्चा तान्जिन नजिकको बौद्ध गुम्बामा फेला परेको थियो। दुई टाउको र तीन वटा कान रहेको यस बच्चाले दुई वटै मुखबाट खान सक्थ्यो।

सन् २०१५ को जुनमा पनि चीनको चोङक्विङमा यस्तै बच्चा जन्मिएको थियो। तर उक्त बच्चा तीन दिनभन्दा बढी बाँच्न सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah