दमक÷प्याप्सन झापाले आफ्नो बार्षिक क्यालेण्डर अनुसारको क्षेत्रिय सास्कृतीक कार्यक्रम शूरु गरेको छ । मंगलवार झापाको दमकमा क्षेत्र नं ७ प्याप्सनको आयोजनामा कार्यक्रम उद्घाटन भएको छ । निमाबिस्तरिय र माबि स्तरिय दूइ चरणमा गरेर दूइदिनसम्म सास्कृतीक कार्यक्रम सञ्चालन हुने क्षेत्रिय कोअर्डिनेडर जनार्दन मैनालीले बताए ।
प्याप्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलको प्रमुख आतिथ्यमा भएका कार्यक्रममा ३ दर्जनभन्दा बढि बिद्यालयका बिद्यार्थीहरुले सास्कृतिक कार्यक्रममा सहभागिता जनाएकाछन् । क्षेत्रिय स्तरमा गायन र नृत्यमा प्रतिभाहरुको छनौट शुरु भएको अध्यक्ष प्याकुरेलले बताए । ८ वटा क्षेत्रिय समिति रहेका र यहाँ प्रथम हुनेहरुले जिल्ला स्तरको प्रतियोगितामा सहभागिता जानउने छन् ।
नीजि बिद्यालयहरुले पढाइमात्र नभएर हरेक क्षेत्रमा दक्ष जनशक्ति उत्पालन गर्न तथा बिद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि यस प्रकारका कार्यक्रमहरुलाई प्राथामिकता दिएको उनको भनाइ रहेको थियो । दूइसातासम्म चल्ने यि कार्यक्रमहरु सास्कृतिक महोत्सवको रुपमा रहेको समेत जानकारी दिए ।
प्रतिभा छनौटलाई निष्पक्ष र पादर्शी बनाउनका लागि राजधानीबाट चर्चित कलाकार तथा सम्बन्धित क्षेत्रका बिज्ञहरु समेत ल्याइएको प्याप्सन झापाले जनाएको छ । यो सास्कृतिक कार्यक्रमलाई नीजि बिद्यालयहरुले समेत महत्वका साथ लिदै नृत्य तथा गायन प्रशिक्षकहरु नियुक्ति गरेर नै तयारी गर्ने गरेकाछन् ।



