२२ मंसिर । इन्डोनेसियामा शक्तिशाली भूकम्प आएको छ । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रय संचार माध्यमले जनाएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ बजेर ३ मिनेटमा ६ दशमलव ४ तीब्रता मापन गरिएको भूकम्प गएको हो । अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।
स्थानीय संचारमाध्यमले दश जनाको मृत्यु भएको जनाएका छन् । कयौं मानिस घरको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । आचे प्रान्तमा २००४ मा ९.२ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो तर अहिले त्यहाँको मौसम विभागले सुनामीको संकेत नमिलेको जनाएको छ ।



