दमक/निजी तथा आवसिय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन झापाले मंसिर २१ गतेबाट जिल्ला ब्यापी सांस्कृतीक अभियान शूरु गरेको छ ।
प्याब्सन झापाले आज दमकमा पत्रकार सम्मेलन गर्दै संस्कृतीको संरक्षण गर्ने उद्देश्यले अभियानको शूरुवात गरिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन झापाका अध्यक्ष पोषराज प्याकुरेलले अभियान अन्तरगत अहिले क्षेत्रिय स्तरमा गायन र नृत्यमा प्रतिभाहरुको छनौट शुरु भएको बताउनुभयो । ८ वटा क्षेत्रिय समिति रहेका र क्षेत्रमा प्रथम हुनेहरुले जिल्ला स्तरको प्रतियोगितामा सहभागिता जानउने उहाँले बताउनुभयो । नीजि बिद्यालयहरुले पढाइमात्र नभएर हरेक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न तथा बिद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि यस प्रकारका कार्यक्रमहरुलाई प्राथामिकता दिएको उहाँको भनाइ थियो । प्रतिभा छनौटलाई निष्पक्ष र पादर्शी बनाउनका लागि राजधानीबाट चर्चित कलाकार तथा सम्बन्धित क्षेत्रका बिज्ञहरु समेत ल्याइएको प्याब्सन झापाले जनाएको छ । छनौट कार्यक्रम अन्तरगत यस अघि क्षेत्र नम्बर ७ मा कार्यक्र भईसकेको छ । त्यस्तै क्षेत्र नम्बर १ मा पुष १ र २ गते छनौट कार्यक्रम हुने छ । त्यसैगरि नम्बर क्षेत्र २ मा मंसिर २४ र २५, क्षेत्र नम्बर ३ मा मंसिर २६ र २७ गते, क्षेत्र नम्बर ४ मा मंसिर २८ र २९ गते क्षेत्र नम्बर ५ मा मंसिर २८ र २९ गते, क्षेत्र नम्बर ६ मा मंसिर २६ र २७ गते र क्षेत्र नम्बर ८ मा मंसिर २४ र २५ गते छनौट प्रतियोगिता हुने वरिष्ठ उपाध्यक्ष श्रवण पोखरेलले बताउनुभयो । छनौट भएकाहरुका लागि फाईनल प्रतियोगिता पुष २४ गते विर्तामोडमा हुने जानकारी दिईएको छ ।



