काठमाडौैं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले  पहिचानका नाममा प्रधानमन्त्री प्रचण्डले देशलाई बिखण्डनको बाटोमा लगेको आरोप लगाएका छन् । पहिचानका नाममा ५ नम्बर प्रदेश टुक्राएको बताउने प्रचण्डलाई ओलीले नक्कली पहिचानबादी भएको बताउछन् ।  भारत भ्रमणमा समेत राष्ट्रिय पोशा दौरा सुरुवाला नलगाउनेले पहिचानका कुरा गर्नु हास्यासपद भएको ओलीको भनाई छ ।  संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित ९२ जनालाई बिहिबार पार्टी प्रवेश गराउँदै ओलीले  चुनावको मिति तोक्न माग गरे ।    वर्तमान संक्रमणकालिन सरकारको मुख्य काम चुनाव गराउनु भएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले तयार पारेको कार्यतालिका समेत गृहमन्त्रालयको घर्रामा राखेर सरकार बसेको भन्दै आक्रोश पोखे । ‘अहिलेको सरकारको काम चुनाव गराएर संक्रमणकाल टुंग्याउने हो’ ओलीले भने ‘तर सरकार अरु कसैको स्वार्थ पुरा लागेको छ । यो सवै निर्वाचन हुन नदिने षडयन्त्र हो । सरकारले तुरुन्त चुनाव घोषण गरोस् । चुनावको घोषण नगर्ने हो भने कुर्सीमा बस्ने नैतिक अधिकार छैन ।’ पालमुनी रहेका भूकम्पपीडितलाई राहत दिने भन्दा पनि प्रधानमन्त्री र अर्थमन्त्रीले भ्रष्टाचार गर्नेमा ध्यान केन्द्रित गरेको ओलीको आरोप छ । उनले भने ‘प्रधानमन्त्री र अर्थमन्त्रीले कसरी भ्रष्टाचार भएको छ भनेर मलाई सोधे हुन्थ्यो । तर त्यस्तो सोध्ने आँट नै छैन । सोध्नुभयो भने प्रमाणसहित पेश गर्थेँ ।’

दृष्‍टिन्युज बाट सभार गरिएको।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय