काठमाडौं, २४ मंसिर । काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा प्रस्ताव पेस गरेको छ ।

अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआइआइबीमा प्रस्तावनापत्र पेस गरेको हो । असार पहिलो साता पेस गरिएको प्रस्तावअनुसार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख विष्णुओम बादेले बताए ।

‘सुरुङमार्ग निर्माणका लागि एआइआइबीमा प्रस्ताव पेस भएको छ । अर्थ मन्त्रालयमार्फत एआइआइबीमा प्रस्ताव पेस भएको हो,’ बादेले नयाँ पत्रिकासँग भने, ‘एआइआइबी लगानी गर्न तयार भए सरकारले थप प्रक्रिया अघि बढाउनेछ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययन गरेर शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सुरुङमार्ग निर्माणको प्रतिवेदन तयार पारेको हो । ‘भौतिक मन्त्रालयले अध्ययन गरेर तयार पारेको प्रतिवेदन अर्थमार्फत एआइआइबीमा पेस भएको हो । लगानी जुटाउन अहिले छलफल जारी छ ।’

अनुमानित लागत आठ अर्ब
सुरुङमार्ग निर्माणको अनुमानित लागत आठ अर्ब रुपैयाँ छ । डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार भएपछि मात्रै लागतको यकिन हुने भौतिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुरुङको लम्बाइ ४.५ किमि भएमा चारदेखि पाँच अर्ब र ६ किमि भएमा आठ अर्ब रुपैयाँ खर्च हुनेछ ।

यस्तो छ योजना
शिवपुरीको डाँडा छेडेर बन्ने टोखा–थानसिंह फाँटसम्मको सुरुङमार्ग घटीमा ४.५ र बढीमा ६ किमिसम्मको र चार लेनको हुनेछ । सुरुङमार्ग उत्तरी नाका केरुङ जोड्ने गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ (४८ किमि) सडकमा जोडिनेछ । सो सडक निर्माण गर्न सडक विभागले ठेक्का सम्झौता गरिसकेको छ ।

सडक विभागको वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले सुरुङमार्ग निर्माण भएमा काठमाडौंबाट उत्तरी नाका केरुङसम्मको दूरी छोटो हुने बताए । ‘सुरुङमार्ग निर्माणसँगै दूरी छोटो हुनेछ । यसले केरुङ नाकामार्फत चीनसम्मको पहुँच विस्तार गर्नेछ,’ श्रेष्ठले भने, ‘चिनियाँ सामग्री छोटो अवधिमै काठमाडौं आइपुग्नेछ ।’ नयाँ पत्रिका दैनिकमा टेकराज थामीले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah