काठमाडौं, २४ मंसिर । हास्यकलाकार ‘लाजालाम’ अर्थात आरपी भट्टराईको मृत्यु भएको छ ।
गृहनगर विराटनगर गएका भट्टराईको फुपुको घरमा सुतेका र विहान मृत फेला परेको बताइएको छ । ब्लडप्रेसर र सुगरमा विरामी रहेका भट्टराईको ह््रदयघातका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ ।
विहिबार फुपुको घरमा पुगेका भट्टराई साविकै बेलुकी सुतेको तर विहान मृत्यु भएको बताइएको छ ।
तितो सत्य कार्यक्रममाबाट स्थापित भएका भट्टराईले ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’ जस्ता ठुलापर्दाका फिल्ममा समेत कुशल अभिनय गरिसकेका छन् ।



