काठमाडौं, १ असोज । शुक्रबार साँझ अबेर अख्तियार अनुसन्धान आयोगका तर्फबाट प्रवक्ता गणेशकुमार कार्कीले एक पत्रकार सम्मेलन गर्दै पूर्वजनसेना शिविरमा भएको भनिएको घोटलामा अख्तियारले माओवादी नेतालाई र ५० भन्दा बढी अन्य राष्ट्रिय नेताहरुलाई छानविन भईरहेको सार्वजनिक गर्यो ।

Lokman_singh_Karkiयसअघि अख्तियार प्रमुख लोकमान सिहं कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्दा प्रचलित प्रकृया पुरा नगरी गरिएको भन्दै सर्वोच्वमा परेको रिटमा सर्वोच्व आफैले गरेको फैसलाकोमाथि पुनरावलोकनको पक्षमा सर्वोच्व शुक्रबार दिउसो नै फैसला गरेको थियो ।

लोकमान नियुक्ति प्रकृयाको तात्कालिन फाइल मागेको सर्वोच्वलाई प्रधानमन्त्री कार्यालय तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्पका कारण फाइल फेला पार्न नसकेको भन्दै जवाफ पठाएपछि ७ दिनभित्र फाइल उपलब्ध गराउन र नगराएमा कारवाही गर्ने फैसला अदालतले सुनाएको थियो । साथै सर्वोच्वले आफैले गरेको फैसलाको पुनरावलोकनको समेत फैसला गरेको थियो ।

सर्वोच्वको यस्तो फैसलाको केही घण्टा बित्न नपाउँदै जनमुक्ति सेना शिविरको रकम हिनामिना र अन्य नेताहरुमाथि पनि छानविन भईरहेको भन्दै अख्तियारले कार्यालय समयभन्दा बाहिर गएर पत्रकार सम्मेलन गर्नुको अर्थ राजनीतिक नेतृत्वमाथि आफ्नो पद जोगाउन अख्तियार प्रमुख कार्कीले एम्बुस थापेको चर्चा चल्न थालेको छ ।

लामो समयसम्म छानविन गर्न अनावश्यक ठानेको शिविर प्रकरणका बारेमा यहिबेलामात्रै छानविन शुरु गर्नुको अन्तर्य कार्की आफ्नो पद जोगाउन बार्गेनिङ गरिरहेको स्पष्ट जस्तै छ । साथै आयोगका प्रवक्ता कार्कीले अन्य ५० भन्दा बढी नेताहरुमाथि समेत छानविन हुनसक्ने भन्दै अन्य नेताहरुलाई समेत तर्साउन  खोजेका छन् ।

सर्वोच्वले आफु बिरुद्धको मुद्धाको फाइल झिकाउन दिएको आदेशसँगै लोकमान कार्की १ हप्तादेखि अख्तियार कार्यालय गएका छैनन् । कार्यालयसमेत नगएका कार्कीले प्रवत्ता कार्कीलाई घरमै बोलाएर पत्रकार सम्मेलनको निर्देशन दिएको अख्तियारका एक कर्मचारीले बताए ।

शिविरका बारेमा आजसम्म अख्तियार के हेरेर बसेको थियो ? मौन बसेको अख्तियारले सर्वोच्वको फैसलापछि हतारहतार पत्रकार सम्मेलन गर्ने विषय हो या गोप्य अनुसन्धान गर्ने विषय ? यसले के देखाउँछ भने अख्तियारको नियतमा खोट देखिन्छ ।  आशंका रहेका ठाउँहरुमा अनुसन्धान हुनुपर्छ । तर नियत राखेर होइन । भ्रष्टाचार निर्मुल पार्नका लागी हुनुपर्छ ।

शिविर प्रकरण र अन्य नेताहरुमाथि भईरहेको भनिएको छानविनका सम्बन्धमा अख्तियारकै एक आयुक्तले खबरडबलीसँग कुरा गर्दै भने, –‘त्यस्तो छानविन या अनुसन्धान भईरहेको हामीलाई थाहा छैन । यो कार्की या प्रवक्ता गणेशराजले जान्ने कुरा हो ।’ उनले थपे, –‘सामान्य त छानविन या अनुसन्धानका लागी विषयगत अधिकृत तोकिने भएपनि हामी आयुक्तहरुलाई विषयबारे थाहा हुन्छ । यो विषयमा केही थाहा भएन र अनुसन्धानका जिम्मा दिइएको समेत छैन ।’

अर्कोतिर सर्वोच्वले स्वंयम अख्तियार पमूख कार्कीको नियुक्तिको बारेमा पुनरावलोकनको मुद्धा हेरिरहेको अवस्थामा अब कार्कीले प्रमुखको हैसियतमा कुनैपनि काम अघि बढाउनु अनैतिक हुनेछ । तर कार्की भने माओवादी नेताहरु र अन्य नेताहरुलाई धम्क्याएर सर्वोच्वलाई प्रभावित पार्न लागिरहेका छन् ।

शिविर प्रकरणमा प्रधानमन्त्री तथा माओवादी नेता पूस्पकमल दाहाल प्रचण्ड तात्कालिन जनसेनाको सुप्रिम कमाण्डर भएको हैसियतमा मुछ्ने योजनामा कार्की रहेका छन् । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणी खनाल बलदेव, माओवादी नेताहरु वर्षमान पुन अनन्त र उर्जामन्त्री जनार्दन शर्मालाई तान्ने योजनामा कार्की रहेका छन् ।

यसरी माओवादी नेताहरु तथा सरकारका प्रधानमन्त्रीसमेतलाई विवादमा तान्ने र अनुसन्धानका नाममा धम्क्याउँदा प्रधानमन्त्रीको हैसियतमा प्रचण्डले सर्वोच्वमार्फत कार्कीको मुद्धा रोक्न सक्ने बुझाईमा कार्की रहेको देखिन्छ ।

कार्की नियुक्ति प्रकरणमा माओवादी, कांग्रेस र एमालेका सबै शिर्ष नेताहरुको सहमति थियो । रायमाझि आयोगका दोषी समेत रहेका कार्कीको योग्यतासमेत नपुग्ने त्यतिबेलासमेत चर्चा चलेको थियो । व्यापक आलोचना र विवादकाबिच अख्तियार प्रमुख बनेका कार्कीले भूकम्पपश्चात बहुचर्चित त्रिपाल काण्डका दोषीहरुलाई उम्काएको आरोप मात्रै छैन भ्रष्टहरुको संरक्षण गर्ने गरेको छ रिसइबीका आधारमा अख्तियार दुरुपयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

माओवादी एक स्थायी समितिका सदस्य भन्छन् –अब लोकमानसँगको लडाई वारपार हुन्छ । अब डराउनुहुन्न । नबिराउनु, नडराउनु भने झै शिविरको हिसाबकिताव जनतालाई सार्वजनिक गरेपछि लोकमानसँगको लडाई सिदिन्छ । उनले र विरोधीहरुले सधैं धम्क्याउने विषय यहि भयो । यो अब टुंग्ङ्याउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah