दमक÷नेपाल सरकार र मेडिकल क्षेत्र सुधारका लागि भन्दै अनसन बसेका डा. गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता खारेज गर्नुपर्ने माग सहित आयोजित मेची अञ्चल बन्दको क्रममा बिर्तामोडबाट तीन जना बन्दकार्ता पक्राउ परेका छन् । संझौताले बिर्तामोडको वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको मान्यता दिनबाट रोक लगाएको भन्दै स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची सहित विभिन्न चार संस्थाले आज मेची बन्दको आह्वान गरेका थिए । उनीहरुले वीएण्डसीलाइ मेडिकल कलेजको मान्यता दिनुपर्ने, नेपाल सरकार र डाक्टर केसीबीच भएको १२ बुँदे सम्झौता खारेज गर्नुपर्ने, गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट बर्खास्त गर्नुपर्ने लगायतको माग राखेका थिए । बन्दका क्रममा सडकमा टायर बाल्न लाग्दा प्रहरीले बिर्तामोडका शुरेस आलेमगर, पदमलाल श्रेष्ठ र विजयकुमार चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । पक्राउ परेका मध्ये सुरेसलाई आवस्यक अनुसन्धान पछि छोडिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी केशव थेबेले बताए । उनीहरु सडकमा टायर बाल्ने तथा गुडिरहेको सवारी साधनमा ढुङगा प्रहार गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । श्रेष्ठ र चौधरीले मे १ ज १८१० नम्बरको मारुती भ्यानको सिसा फुटाएको आरोपमा प्रहरीले पक्राउ गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah