काठमाडौं– संविधान संशोधनको विरुद्धमा आन्दोलनरत युवा विद्यार्थीले भारतीय राजदूत रणजित रायले अनावश्यक चलखेल गरेको भन्दै सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाउँदै एमाले निकट विद्यार्थी संगठन र युवा संघ नेपालका प्रतिनिधिलगायत संशोधनको विपक्षमा रहेका दलका भातृ संगठनले भारतीय राजदूतलाई स्वदेश फिर्ता गर्न माग गरेका हुन्। उनीहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम कुटनीतिक नियोगबाट हुनुनहुने भन्दै यो विषयमा राजदूत रायलाई सचेत गराउन सरकारको ध्यानाकर्षण गराएको

अनेरास्ववियुका सचिव आसी लामिछानेले जानकारी दिए।  उनले कुटनीतिक भेटघाट परराष्ट्र मन्त्रालय अन्तर्गत हुने व्यवस्था मिलाउन माग गर्दै उनीहरुले राजनीतिक दलका नेतालेसमेत मर्यादामा रहेका मात्र त्यस प्रकारका भेटघाट गर्न माग गरेका हुन्।

जवाफमा परराष्ट्रमन्त्री महतले विश्वभरको कुटनीतिक मर्यादा केही खुकुलो भएको भन्दै त्यसबाट नेपालसमेत अछुतो रहन नसकेको बताए। उनले सबै कुराको छिनोफानो सडकबाट गर्न नहुनेमा सरकार सचेत रहेको बताए।
 नागरिक न्युज बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah