काठमाडौं, २० फागुन– नेपाल आयल निगमले पेट्रोल मूल्य घटाएको छ । आयल निगमले पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।
आयल निगमले मूल्य घटाएसँग अब पेट्रोलको मूल्य लिटरको १०३ रुपैयाँ कायम भएको छ ।
आयल निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ ।
आयल निगम सञ्चालक समितिको आज (आइतवार)को बैठकले भारतबाट आउने पेट्रोलको मूल्य घटेसँगै नेपालमा पनि समायोजन गरेको हो ।



