२९ मंसिर । मन्त्रीले फोनमै सातो टिपे, ‘तपाईं यो के-के गर्दै हुनुहुन्छ हँ ?’ जवाफ दिए, ‘हैन हजुर, मैले त त्यस्तो केही गरेको छैन ।’ तर, मन्त्री साम्य भएनन्। भने, ‘यो अभिनन्दन सभिनन्दन के हो ? यो सब बन्द गरेर खुरुखुरु काम गर्नुस् ।’ यसपछि डिसेम्बर ११ (आइतबार) बिहान ९ बजेर ५८ मिनेट जाँदा उनले फेसबुकमा लेखे, ‘मेरो नागरिक अभिनन्दन भनेर गलत प्रचार गरी भ्रम फैलाउने काम भएकोले यस्ता कुरामा नलाग्न हार्दिक अनुरोध छ।’

लोडसेडिङ अन्त्य गरेको नाममा हाई-हाई कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई आइतबार बिहान उर्जामन्त्री जनार्दन शर्माले झाँटेपछि उनले तत्कालै फेसबुकमा स्ट्याटस लेखे अनि कर्मचारीहरु बोलाएर स्टोरका सामान ‘लुकाइहाल्नु’ भनी अनुरोध गरे। यदि, जनार्दनले कुलमानलाई फोन गरेर थर्काएका थिएनन् भने भोलि बिहान अपराह्न ३ बजे बसन्तपुरमा रथयात्रासहित उनको नागरिक अभिनन्दन हुँदै थियो, लोडसेडिङ अन्त्य गर्ने ‘भगवान’ का रुपमा ।

अहिले पनि विद्युत प्राधिकरणको स्टोरमा गयो भने देख्न सकिन्छ, त्यसदिनका लागि तयार पारिएका टिसर्टहरु, जसमा ‘कुलमान हाई-हाई’ लेखिएका फोटो स्केच अंकित छन् । आफ्नै लगानीमा पाँच हजार थान टिसर्ट तयार पारिसकेका थिए। तर, मन्त्रीले गाली गरेपछि सबै कुरा बन्द भयो। भोलिपल्टका केही दैनिक अखबारमा सूचना नै छापेर ‘निराधार हल्ला’ भनी खण्डन आयो।

तर, जसरी अहिले कुलमान ‘हाई-हाई’ भएका छन्, वास्तविकता भने फरक रहेछ। बरु, जनताको घरमा बिजुली बाल्ने नाममा नेपालको उर्जामा भारतीय एकाधिकार शुरुवात गरिएको रहेछ। प्राकृतिक रुपमा बढेको विद्युत क्षमताका भरमा लोडसेडिङ घटाएर कुलमानले ‘हाई-हाई’ त कमाए । तर, किन्नुनपर्ने बिजुली किनेर अनि तयार भइसकेका स्वेदेशी परियोजना अबरुद्ध पारेर विद्युतमा भारतीय हस्तक्षेपलाई नेपालमा कसरी पल्लाईँदैछ? हेरौँ, यसको नमुना।

अहिले घटेको लोडसेडिङको मुख्य कारण हो, भारतसंग महंगो दरमा किनिएको बिजुली । भारतसंग नेपालले प्रति युनिट ९ रुपैयाँ ७२ पैसामा बिजली किनेर नेपाली उपभोक्तालाई विद्युत प्राधिकरणले ५ रुपैयाँ ५० पैसा प्रतियुनिटका दरले बिक्री गरेको छ। अर्थात, एक युनिट बिजुलीमा ४ रुपैयाँ २२ पैसा घाटा खाएर कुलमानले देशलाई लोडसेडिङमुक्त गराएका हुन् । त्यति नै क्षमतालाई विद्युत उत्पादन हुने परियोजनाहरु नेपालमा तयार भइसकेका छन्। तर, तिनलाई ग्रिडमा जोड्ने फुर्सद छैन। भारतीय लाइन भनेकै बेला तुरुन्तै जोडिनु, स्वदेशी उत्पादनका परियोजना नजोडिनु भनेको नेपालको बिजुलीमा भारतले कब्जा जमाउन नखोजेर के हो त ? जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah