बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा खेलमा थ्री स्टारलाई हराउँदै झापा ११ फाइनमा प्रवेश गरेको छ । योसँगै झापा ११ ले ६ लाख रुपैयाँको पुरस्कार सुरक्षित गरेको छ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा रमपम झापा ११ ४-३ गोल अन्तरले विजयी भयो ।
झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देबेन्द्र तामाङले गोल गरेका थिए । बिश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए ।
थ्री स्टारका लागि रजिन धिमाले, बिजय धिमाल र निराजन खड्काले गोल गरेका थिए भने सुनिल बल र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।
खेलको ११ औं मिनेटमा थ्री स्टारका अजय मार्टिनको प्रहार पोष्टबारमा ठोकिएर बाहिरिएको थियो ।
३० औ मिनेटमा झापाका बिशाल राईको कडा प्रहार थ्री स्टारका गोलकिपर न्यौपानेले बचाउ गरेका थिए ।
६० औं मिनेटमा बिशाल राईको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । ६५ औं मिनेटमा थ्री स्टारका दिपक राईको प्रहार झापाका गोर रक्षक किशोर गिरीले रोकेका थिए ।
६७ औं मिनेटमा गोलकिपर बीट भइसकेपछि थ्री स्टारका बुद्ध चेम्जोङले गरेको प्रहार झापाका डिफेन्डर दिलेन लोक्तामले गोललाईनबाट बचाएका थिए ।
७५ औं मिनेटमा डि एरिया नजिकै पाएको पाएको पि|m किकलाई थ्री स्टारका सुनिल बलले प्रहार गरेका थिए । सो प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो ।
खेलको म्यान अफ द म्याच झापाका डिफेन्डर देबेन्द्र तामाङ घोषित भए । उनले नगद २५ हजार रुपैंया पुरस्कार पाए । सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो ।
शनिवारको अन्तिम सेमीफाइनल खेल मनाङ मस्र्याङदी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।
खेलपछि भएको पोष्टम्याच कन्प|mेन्समा बोल्दै बिजेता टीमका प्रशिक्षक प्रवेश कटवालले खेलाडीले गरेको मेहेनतको फल पाएको बताए ।
उनले नेपालकै नम्बर १ टीमसँग खेलेर जित्नु सामान्य कुरा नभएको बताउँदै उनले दर्शकको समर्थन जितका लागि सहयोगि भएको टिप्पणी गरे ।
झापाले ११ ले थालेको अनुबन्धनका कारण पनि उत्साहित भएर खेलाडीले प्रदर्शन गरेको उनले बताए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले झापा बलियो टीम भएकाले पराजय ब्यहोरेको बताए ।
नियमित खेल खेलेकाले पनि तयारी गर्न नपाएका कारण आफ्नो क्लबले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताए । खेल उत्कृष्ट
भएको भएपनि समय अपुग भएकाले खेलाडी प्रेसरमा परेको उनले बताए ।



