सुदिप अधिकारी – गौरादह ÷ झापाको माईपश्चीम क्षेत्रमा लाग्दै आएका अधिकांश ग्रामिण बजारको स्तर उक्सिन सकेको छैन । बजारका लागि चाहिने पर्याप्त जग्गाको अभाव, भइरहेको जग्गामा पनि विभिन्न समयमा भएको मानव अतिक्रमण, स्थानीय निकायबाट बजार विकासका लागि पहल कदमी नलिदा बजारको स्तर उक्सिन नसकेको हो । कतिपय यस क्षेत्रको बजारहरुको अस्तीत्वनै संकटमा पर्दै गएको छ । २००५ सालदेखी गौरीगञ्ज ७ मा शुरु भएको बजारका लागि जग्गाको निश्चीत क्षेत्रफलनै कायम नहुदा बजार क्षेत्र साघुरिदै गएको छ । यस्तै साबिकको जुरोपानी गाविसको वडा नं ५ मा १५ सालताका शुरु भएको ग्वालडुब्बा बजारको जग्गा पर्याप्त नहुदा बजारको अस्तित्वनै संकटमा पर्दै जान थालेको देखिन्छ । त्यसको व्यवस्थापनका लागि बजार सार्ने कुरा चलिरहेको पनि छ । यसैगरि करिब १६ सालताका सुरु भएको शिवगञ्ज बजारमा पनि बजारका लागि पर्याप्त जग्गाको अभाव रहेको छ ।

त्यस्तै नै चप्रामारी, गौरादह, बैगुनधुरा लगायत जिल्लाका पुराना बजारहरु पनि जग्गा अभाबका कारण समस्या झेलिरहेका छन् । यस्तो अवस्थामा ग्रामिण क्षेत्रमा लाग्ने हाटबजारहरु व्यवस्थित गर्न सम्बन्धीत सरोकारवालाहरुको ध्यान जानुपर्ने देखिन्छ । कतिपय स्थानमा त हाट बजार व्यवस्थापनका लागि बजार व्यवस्थापन समिति समेत गठन गरिएको छ । तर त्यस्तो कमिटिले हर हिशाब प्रस्ट पार्नुपर्नेमा कतिपय स्थानका बजार कमिटिहरुले बजारको हिशाब किताब प्रष्ट पार्न नसकेको गुनाशोहरुपनि आउने गरेका छन् । छुट्टै अस्तित्व बोकेका यस्ता हाट बजारहरुको व्यवस्थापन तर्फ बेलैमा नसोच्ने हो भने यस्ता बजारहरु संकटमा पर्नेमात्र हैन बिस्थापित भएर ईतिहासका पानामा मात्र सिमित नहोला र ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah