मंसिर-३० /दमक – पटक–पटकको बन्दले आजित भएका झापा दमकका ब्यवसायीले आज संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दको अवज्ञा गरेका छन् । लिम्बुवानले गरेकोे एक दिने बन्दले दमक बजारमा कुनै प्रभाव पार्न सकेन । बन्द आव्हान गरे पनि दमकका बजार पसलहरु भने निर्बाध रुपमा संचालनमा आए । दमक उद्योग बाणिज्य संघले बजार पसल खुलाउन मोटरसाईकल ¥याली सहितको अभियान चलाएपछि दमकका अधिकांश बजार पसल खुलेका हुन् । बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले ९० प्रतिशत भन्दा बढी बजार पसल खुलेको बताए । उनले भने,‘हामीले बन्दको अवज्ञा गरेको होईन तर दैनिक रुपमा ब्यवसाय चलाउदै आएकाहरुको रोजी रोटीमा असर पु¥याउने कार्यको बिरोध मात्र गरेको हो’ । सम्पुर्ण ब्यवसायी तथा सुरक्षा निकायले वाणिज्य संघको आह्वानलाई साथ दिएकोमा उनले धन्यबाद समेत दिए । जस्तोसुकै बन्दमा पनि अब दमकका बजार पसल निर्बाध रुपमा संचालन हुने उनले बताए । त्यस्तै बिबेकशिल नेपाली झापाले समेत झापामा बन्दको प्रतिकार गरेको छ ।



