पोखरा, ३० मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कृषि क्षेत्रको विकासका लागि राज्यको नयाँ सोच आवश्यक भएको बताउनुभएको छ ।

नेपाल किसान सङ्घ कास्की क्षेत्र नं ३ द्वारा आज यहाँ आयोजित पदस्थापन एवम् अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – किसानमैत्री राज्य प्रणालीको विकास हुनुपर्दछ ।

केन्द्रीय सदस्य डा कोइरालाले उत्पादित वस्तुको सही मूल्य नपाउनु र ढुवानी, बजारीकरणलगायत समस्याले कृषक ग्रसित बनेको बताउँदै विद्यमान समस्याको समाधान गरेमा मात्र कृषिप्रति आकर्षण बढाउन सकिन्छ भन्नुभयो ।

देशलाई राजनीतिक अस्थिरताबाट मुक्ति दिनु अपरिहार्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – आगामी १३ महिनाभित्र तीन तहका निर्वाचन गर्न नसकेमा संविधान कार्यान्वयन प्रभावित हुनेतर्फ दलहरु गम्भीर बन्नुपर्दछ ।

काँग्रेसका अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले दलका घोषणापत्रमा कृषि केन्द्रित विभिन्न विषय समेटिए पनि तिनै दल सरकारमा रहँदा ती विषयवस्तुको कार्यान्वयनमा ध्यान नदिइने गरेको बताउँदै आफ्ना हकहित र अधिकारका लागि कृषकहरु एक भएर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

काँग्रेसका नेता शुक्रराज शर्माले किसान आफ्ना हकहितका लागि सङ्गठित बन्नुपर्नेमा जोड दिँदै पछिल्ला समयमा खेतीयोग्य जमिन मासिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।

सांसद शारदा पौडेलले कृषि क्षेत्रको विकासका लागि किसानमैत्री नीति नियम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल किसान सङ्घ कास्कीका सभापति भेषराज पराजुलीले राज्य अझै कृषकमैत्री बन्न नसकेको बताउँदै कृषकमैत्री नीति निर्माण तथा त्यसको कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल किसान सङ्घ कास्की क्षेत्र नं ३ का सभापति विश्वराज आचार्य, प्रा डा भूपती ढकाल ‘कमल’, नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाट, प्रा डा रामचन्द्र पोखरेल, तारा पाखे, प्रेमनाथ बराललगायतले कृषि क्षेत्रको आधुनिक र व्यवसायिक विकासबाट मात्रै देश आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah