एजेन्सी । अर्जेन्टिनाले शुक्रबार राति इटालीविरुद्ध मैत्रीपुर्ण खेल खेल्दै रुस विश्वकपको औपचारिक तयारी सुरु गर्दैछ । आजै साविक विजेता जर्मनी र स्पेन पनि आमने सामने हुँदैछन् । जर्मनीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती साढे एक बजे सुरु हुनेछ ।

जर्मनीका प्रशिक्षक योचिम लअले स्पेन विश्वकपको बलियो उपाधी दावेदार टिम भएको बताएका छन । आजको खेलमा जित हात पार्दै दुबै देशले आफूलाई विश्वकप उपाधीको दाबेदारको रुपमा देखाउन चाहन्छन् ।

फिफा वरियताको पहिलो स्थानमा रहेको जर्मनी पछिल्ला २१ खेलमा अपराजित रहेको छ ।

विश्वकपमा स्पेन, पोर्चुगल, मरक्को र इरानसहित समूह बी मा रहेको छ भने जर्मनी रहेको समूह एफमा मेक्सिको, स्विेडन र दक्षिण कोरिया रहेका छन ।

यस्तै म्यानचेस्टर सिटीको इत्तिहाद स्टेडियममा हुने साविक उपविजेता अर्जेन्टिना र इटालीबीचको खेल पनि राति साढे एक बजे नै सुरु हुनेछ । छनौट खेलमा कठिन यात्रा तय गरेको अर्जेन्टिनाले अन्तिम खेलमा इक्वेडरलाइ तीन एक गोलले पराजित गरेपछि विश्वकपमा स्थान बनाएको थियोे । सो खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका थिए । प्रशिक्षक जर्ज साम्पोलीले, यो वर्षको विश्वकपमा मेसीको काँधमा सम्पूर्ण टिमको जिम्मेवारी रहेको बताएका छन ।

बार्सीलोनाका लागि मेसीले प्राय सबै सफलता हात पारिसकेका छन । तर उनले राष्ट्रिय टिममा भने उल्लेख्य सफलता हात पार्न सकेका छैनन् । अर्जेन्टिना विश्वकपमा समूह डी मा नाइजेरिया, क्रोयशिया र आइसल्यान्ड सँगै रहेको छ । इटाली भने विश्वकपमा छनौँट हुन सकेन् । इटाली पछिल्लो ६ दशकमा पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

आजै विश्वकप आयोजक रुस र ब्राजिल पनि आमने सामने हुनेछन । रुसको घरेलु मैदानमा हुने खेल पौने दश बजे सुरु हुनेछ । ब्राजिल चोटग्रस्त नेइमार बिनानै मैदानमा उत्रनेछ । रुसले बताए अनुसार यो खेलका लागि ६५ हजार टिकट विक्री भएको छ । आजै नेदरल्यान्डस र इङल्यान्डबीच पनि मैत्रीपूर्ण खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah