फुटबल हेर्न मानिसहरू जति लालयीत हुन्छन्, त्यती नै खेलाडीका बारेमा जान्न उत्सुक रहन्छन् । खेलाडीले पाउने तलब, उनीहरूको जिवनशैलीका बारेमा धेरैले चासो राख्छन् । फुटबल प्रेमीका आ–आफ्नै स्वाद छन् । कसैलाई इंग्लिस फुटबल मन पर्छ, त कसैलाई स्पेनी । कोही ब्राजिलका प्रशंसक छन्, कोही अर्जेन्टिनाका । व्यवासयिक फुटबलको कुरा गर्ने हो भने इंग्लिस, स्पेन, जर्मनी, फ्रान्स र इटालीका लिगको बढी चर्चा हुन्छ ।

फुटबलमा खेलाडी र टिमका बारेमा जति चर्चा हुन्छ, त्यती नै प्रशिक्षकको पनि । किनकी प्रशिक्षक त्यो भुमिकामा रहन्छ, जसले खेल्ने शैली, रणनीति बनाउछ । फुटबलमा प्रशिक्षकलाई सबैभन्दा सम्मानितरूपमा हेरिन्छ । उनीहरूको काम निकै कठिन हुन्छ, र सँधै क्लब मालिकहरू र मिडियाको तीव्र निरिक्षणमा उनीहरू पर्छन् ।

यो काम संसारका अस्थिर कामहरू मध्ये एक हो । खेलाडीले कति तलब पाउँछन्, यो चर्चा भइरहने विषय हो । तर प्रशिक्षकले कति तलब पाउँछन् भन्ने बारेमा कमै चर्चा हुने गरेको छ । उनीहरूले आकार्षक तलब पाउछन् । यहाँ विश्वका सबैभन्दा बढी तलब बुझ्ने दश प्रशिक्षकका बारेमा चर्चा गरिएको छ ।

१. मार्सेलो लिप्पी (चिनियाँ नेशनल टिम)

विश्वकै सबैभन्दा बढी तलब बुझ्ने फुटबल प्रशिक्षक हुन्, मार्सेलो लिप्पी । उनी अहिले चिनियाँ राष्ट्रिय टोलीको प्रशिक्षक छन् । इटालीका ६९ बर्षिय लिप्पीले प्रतिबर्ष १८ मिलियन पाउण्ड (करिब २ अर्ब ६४ करोड रूपैयाँ) तलब बुझ्छन् । उनले सन् १९८२ देखि इटालियन क्लब स्याम्पडोरियाबाट व्यवस्थापकको करियर सुरू गरेका हुन् ।

उनले नेपोली, युभेन्टस, इन्टर मिलान जस्ता इटालियन चर्चित क्लबमा व्यवस्थापकको जिम्मेवारी सम्हालिसकेका छन् । उनको नेतृत्वमा इटालीले सन् २००६ को विश्वकप जितेको थियो । यस्तै उनले इटालियन क्लबबाट युरोपियन च्याम्पियन्स लिग समेत जितेका छन् ।

२. पेप गर्डिओला (म्यानचेस्टर सिटी)

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप अर्डिओला दोस्रो धेरै तलब पाउने प्रशिक्षक हुन् । उनी व्यवसायिक फुटबलका सबैभन्दा महँगा म्यानेजर समेत हुन् । स्पेनी नागरिक गर्डीओलाले प्रतिबर्ष १५ मिलियन पाउण्ड तलब बुझ्छन् । उनी बार्सिलोनाका चर्चित खेलाडी समेत हुन् । प्रशिक्षकको भूमिका भने बार्सिलोनको ‘बी’ टिमबाट सुरू गरेका हुन् । उनले बार्सिलोनाको सिनियर टिम, जर्मन टोली बार्यन म्युनिख समेत सम्हाली सकेका छन् । उनी व्यवसायिक फुटबलमा समकालिन प्रशिक्षकहरू मध्ये सबैभन्दा सफल मानिन्छन् । उनले बार्सिलोना र बार्यन म्युनिख सबै महत्वपूर्ण उपाधि दिलाएका छन् । अघिल्लो सिजन सिटी आएका उनको टोली अहिले प्रिमियर लिगको उपाधि नजिक छ, भने च्याम्पियन्स लिगमा राम्रो प्रर्दशन गरिरहेको छ ।

३. जोसे मोउरिन्हो (म्यानचेस्ट युनाइटेड)

विश्वका अर्का महँगा फुटबल प्रशिक्षक हुन्, जोसे मोउरिन्हो । उनले अहिले म्यानचेस्टर युनाइटेडको नेतृत्व गरिरहेका छन् । उनले प्रतिबर्ष १५ मिलियन पाउड तब बुझ्छन् । उनी सन् २००० मा बेन्फिकाको प्रशिक्षक भएर जानु अघि एफसी पोर्टो र बार्सिलोनको सहायक म्यानेजरका रूपमा काम गरेका थिए । २००४ मा फोर्टोलाई च्याम्पियन्स लिगको उपाधि जिताएपछि उनी प्रशिक्षकको रूपमा चम्किएका हुन् । यही सफलताका कारण उनले चेल्सीको प्रशिक्षक बन्न सहयोग गरेको थियो । उनी २०१६ मा म्यानचेस्टर युनाइटेड आएका हुन् । उनले रियल मड्रिड लगायतका ठूला क्लब सम्हालिसकेका छन् ।

४. फाबियो क्यापोलो (जियाङग्सु सनिङ)

फाबियो चाइनिज सुपर लिगका चर्चित प्रशिक्षक हुन् । उनले क्लबबाट प्रतिबर्ष ८.९८ मिलियन पाउण्ड तलब बुझ्छन् । ७१ बर्षिय उनले च्याम्यिन्स लिग, ला लिगा, सिरिएको उपाधि जितेका छन् ।

५. आर्सन वेंगर (आर्सनल)

आर्सनलबाट आर्सेन वेंगरले प्रतिबर्ष ८.९ मिलियन पाउण्ड तलब बुझ्छन् । उनी प्रिमियर लिगमा सबैभन्दा लामो समय एउटै क्लब सम्हालने प्रशिक्षक हुन् । उनले आर्सनल २१ बर्ष देखि सम्हालिरहेका छन् । उनी मोनाकोका पूर्व प्रशिक्षक समेत हुन् । ६९ बर्षिय उनले आर्सनबाट केही महत्वपूर्ण उपाधि जितेका छन् । यद्यपी पछिल्ला केही सिजनमा आर्सनलले सोचे जस्तो प्रदर्शन गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ ।

६. जिनेदिन जिदान (रियल मड्रिड)

जिनेदिन जिदानले प्रशिक्षककारूपमा रियल मड्रिडलाई महत्वपूर्ण उपाधि जिताएका छन् । उनले दुई पटक च्याम्पियन्स लिग, एक पटक ला लिगाको उपाधिसँगै क्लब विश्वकप लगायतका उपाधि समेत जिताएका छन् । उनले रियल मड्रिडबाट प्रतिबर्ष ८ मिलियन पाउण्ड बुझ्छन् ।

७. जोर्गेन क्लोप (लिभरपुल)

क्लोपले आक्रमण फुटबल शैलीका कारण छुट्टै पहिचान बनाएका छन् । उनको खेलाउने शैली अलिफरक छ,उनी आक्रमक खेलाउछन् । बुरूसिया डर्टमन्डका पूर्व प्रशिक्षक क्लोपले लिभरपुलबाट बार्षिक ७ मिलियन पाउण्ड बुझ्छन् ।

८. अर्नेस्टो भेलभर्डे (बार्सिलोना)

यही सिजनमा बार्सिलोना आएको अर्नेस्टो भेलभर्डे च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे को उपाधि जित्ने अभियानमा छ । उनको नेतृत्वमा बार्सिलोनाले ला लिगामा उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकाको शिर्ष स्थानमा छ । च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ भने कोपा डेल रे को उपाधि नजिक छ । उनले बार्सिलोनाबाट बार्षिक ७ मिलियन पाउण्ड बुझ्छन् ।

९. एन्टोनियो कोन्टे (चेल्सी)

चेल्सीका प्रशिक्षक कोन्टे अहिले तनावमा छन् । अघिल्लो सिजन चेल्सी आएका उनले प्रिमियर लिगको उपाधि जिताएका थिए । तर यो सिजनमा भने चेल्सीले राम्रो खेल्न सकेको छैन । प्रिमियर लिगको पाँचौ स्थानमा रहेको चेल्सी च्याम्पियन्स लिगेको अन्तिम १६ बाट बाहिरिएको छ । कोन्टेले चेल्सीबाट बार्षिक ६.५ मिलियन पाउण्ड तलब बुझ्छन् ।

१०. साम अलार्डिस (एभर्टन)

क्रिस्टल प्यालेस र इंग्ल्याण्डका पूर्व म्यानेजर सामलाई एभर्टनले यही सिजनमा खराब प्रर्दशन पछि रोनाल्ड कोम्यानलाई बर्खास्त गर्दै प्रशिक्षकमा नियुक्त गरेको हो । उनले क्लबबाट बार्षिक ६ मिलियन पाउण्ड तलब बुझ्छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah