काठमाडौं, १ पुस– बुढ्यौलीले थलिएर ओच्छ्यान परेका पूर्वप्रधानमन्त्री किर्तिनिधि विष्टको स्वास्थ्यस्थिति बुझ्न बिहीवार उनको निवास ज्ञानेश्वर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिष्टले उल्टै प्रश्न गरे– ‘तपाईंको स्वास्थ्य ठीक छ ?’

राजनीतिमा लामो जीवन विताए पनि अहिलेसम्म आमनेसामने भेट नभएका उनीहरु बिष्टलाई भेट्न ओली विष्ट निवास पुगेपछि पहिलो भेट जुरेको हो । ९० वर्षीय पूर्वप्रधानमन्त्री बिष्ट बुढ्यौलीले थलिएका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र सल्लाहकार समितिका सभापति केशब बडाललाई समेत साथमा लिएर बिहीबार दिउसो ओली विष्ट निवास ज्ञानेश्वर पुगेका थिए ।

ओली जानुअघि बिष्ट घरको माथिल्लो तल्लामा सोफामा ढल्केका थिए । ओली र खनाल सहितका एमाले नेता बिष्टको भर्याङ वरीपरी झुण्ड्याइएका तस्बिर नियाल्दै पुगे । बैठक कक्षमा ओली हात जोड्दै बिष्ट छाँद हालूँला झैं गरी उठ्न खोजे तर, सकेनन् । ओलीले छेउमै पुगेर नउठ्न संकेत गर्दै हात समातेर अभिवादन गरे ।
जीवनमा पहिलो पटक भेट जुरेका ओली र बिष्टबीच पूर्वपरिचित झैं संवाद आरम्भ भयो । कुरा सुरु गरे बिष्टले– ‘तपाईंको स्वास्थ्य ठीक छ ?’ बोल्दा बोल्दै मुखबाट चुहिएको र्याल बेलाबेला पुछ्थे बिष्ट ।

स्वास्थ्यस्थिति बुझ्न गएका ओलीलाई बिष्टले पहिल्यै ओलीको स्वास्थ्यबारे सोधेपछि ओलीले भने– ‘हामी त तपाईंको स्वास्थ्य बुझ्न आएको, कस्तो छ तपाईंलाई ?’ विष्टले झटपट जवाफ दिए– ‘म ठीक छु, देशको सार्वभौमिकता र अखण्डताको चिन्ता छ मलाई ।’

बिष्ट र ओलीबीच पहिलो पटक भेट भएको प्रसङ्ग चल्यो । ‘तपाईंलाई भेट्ने खुब धोको थियो, सीपी मैनालीका छोराको बिहेमा तपाईंलाई टाढैबाट देखेको थिएँ तर, बोलचाल हुन पाएन’ बिष्टले बेलिविस्तार लगाए, ‘तपाईं प्रधानमन्त्री भएर गरेका काम हेरेपछि तपाईंलाई भेटेर धेरै कुरा भन्न मन थियो । छोरालाई ट्वीटर खोल्न लगाएर सन्देश पठाएको थिएँ, पाउनु भो तपाईंले ?’

अनि ओलीले भने– ‘म आजै गएर हेर्छु ।’

बिष्ट जोशका साथ बोल्न थाले– ‘देशका लागि तपाईं चाहिएको छ । तपाईंबाट आशा गरेको छु मैले । ‘पिपुल्स वान्ट्स यु, द नेशन वान्ट्स यु ।’
फेरि फर्के बिष्ट ओलीकै स्थास्थ्यतिर र सोधे– ‘अनुहार त फूलेको छ नि ! केही गाह्रो छ कि ? म ठीक छु । तपाईं ठीक हुनुस् । देश सकिनै लागेको बेला तपाईंले जोगाउनु भो, अब पनि तपाईंबाट आशा गर्छु ।’

ओलीले भने देशको भन्दा बिष्टको स्वास्थ्यबारे धेरै चर्चा गरे । ‘तपाईं पहिलो पटक प्रधानमन्त्री हुँदा म १० कक्षामा पढ्थेँ । तपाईं अझै तगडा नै हुनुहुँदो रैछ’ ओलीले यसो भनेपछि खित्का छोडेर हाँसे बिष्ट ।

बिष्टले बुढ्यौलीले गाल्दा पनि ओलीबारे मसिना मसिना सूचना पनि राखेका रैछन् । उनले सोध्न भ्याए– ‘तपाईं अस्ती चीन जाने कुरा थियो, किन रोकियो ?’
ओलीले जवाफ दिए– ‘संसद भित्रका आन्तरिक समस्याले गर्दा जान सकिनँ । तर, यो कुरा कसरी थाहा पाउनु भयो ?’

बिष्टले पनि जवाफ दिए– ‘बाहिर जान सक्दिनँ, यहाँ बसेर पत्रिका हेर्छु । तपाईंले के गरिरहनु भएको छ सबै ख्याल गर्छु ।’

ओलीको अन्तिम पटकको बिमारी पनि थाहा रैछ बिष्टलाई । भने, ‘अनि अस्ती विरामी पर्नु भयो होइन ?’ ओलीले जवाफ दिए –‘सामान्य पेट दुखाई हो । ठीक भयो ।’

ओलीले विष्टका शारिरिक समस्यामाथि केन्द्रित रहेर फेरि सोधे– तपाईंको स्वास्थ्यमा के के समस्या छन् ?’

बिष्टले आगो तापे झैं गरी दुबै हत्केला ओलीतिर फिंजाउँदै जवाफ दिए– ‘म ठीक छु । बट, यु आर च्यालेन्जिङ पर्सन । यु डिजभ द विन । आइ होप द्याट अल । तपाईंले देश जिताउन सक्नुहुन्छ । यो गर्नुस् तपाईं । मैले मात्रै होइन, जनताले पनि तपाईंबाट आश गरेका छन् । यु क्यान विन द नेशन, यु ह्याभ द्याट करेज ।’
बिष्टले आफू प्रधानमन्त्री भएका बेला चीनसँगको सीमामा रहेका भारतीय चेकपोष्ट हटाउँदाको अनुभव सुनाउँदै लामै प्रवचन दिए । ‘२६ सालमा उत्तरतिरका भारतीय चेकपोष्ट हटाएको थिएँ । त्यसबेला पनि निकै गाह्रो परेको थियो । नत्र हाम्रो हिमालयसम्मै भारत पुग्थ्यो, हाम्रो भौगोलिक सीमा मेटिन्थ्यो’ बिष्टले भने, ‘भारतले त तलसम्मै आफ्ना मान्छे बनाउन लगानी गरेको छ, नेता मात्रै होइन, विचार गर्नुहोला ।’

बिष्टले यसो भनेपछि वरिष्ठ नेता झलनाथ खनालले प्रतिक्रिया जनाए– ‘तपाईंले त्यति नगर्नु भएको थियो भने देश उहिल्यै सकिन्थ्यो । तपाईं त्यसबेला इलाम जानु भएको थियो । मलाई याद छ तपाईंलाई धेरैले कम्युनिस्ट नेता भन्थे । त्यो बेला म भर्खर एसएलसी सकेर कलेज भर्ना गर्दै थिएँ ।’ अनि खनालको हात समाते बिष्टले ।

बिष्टले राज्य एकीकरणका बेलाको इतिहास पनि वर्णन गरे । पृथ्वी नारायण शाहले भूगोलको मात्रै नभएर जाति र धर्मको पनि एकीकरण गरेको र अहिले त्यसलाई बंग्याउन खोजिएको गुनासो गरे । ओलीका कानमा मुख जोत्दै बिष्टले भने– ‘कुनै हालतमा तराई र पहाड छुट्याउन नदिनुस् । पूर्वमा लिम्बु छन्, उनीहरुलाई पनि तल झार्नुस् । तर, देश टुक्रिन नदिनुस्, अखण्ड राख्नुस् ।’

बिष्टलाई भेटेपछि ओलीले बिहिवारै वरिष्ठ गायक तथा संगीतकार हरिप्रसाद रिमाललाई उनकै निवास बानेश्वरमा गएर भेटेका थिए । चक्रपथ बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah