दमक – नेकपा एमालेको केन्द्रीय सदस्य एबम् मेची अञ्चल इन्र्चाज हिक्मत कार्कीले भारतीय शक्तिको इशारामा संविधान संशोधन गर्न काग्रेस–माओवादी नाटक मञ्चन गर्न लागिपरेको आरोप लगाए ।
शनिबार दक्षिणी इलामको चुलाचुलीमा युवा संघ चुलाचुली विशेष इलाकाको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै नेता कार्कीले भारतीय इशारामा संविधान संशोधन गर्न भइरहेको खेल सफल हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्कीले नेपालको संविधान नेपालको हित र नेपाली जनताका सम्बृद्धको निम्ति लेखिएकोले भारतीय नेताहरुको उक्साहटमा अघि–पछि नलाग्न काग्रेस–माओवादी नेतृत्वलाई सुझाए । भारतीय हस्तक्षेप विरुद्ध नेपाली राजनितिक शक्तिहरु एकताका साथ डटेर लड्न आवश्यक रहेको कार्कीले औल्लाए । उनले अंगकृत नागरिकलाई नेपालको राष्ट्र प्रमुख पदहरुमा लैजान संविधानले व्यवस्था नगरेकोसमेत वताए ।
कार्यक्रममा नेता कार्कीले यतिवेला संविधान संशोधन भन्दा वढी संविधान कार्यव्ययनमा दलहरुले जिम्मेवार रुपमा आफ्नो भुमिका प्रस्तुत गर्न आवश्यक भएको वताए । मुलुकमा लामो समयदेखी स्थानीय निकायमा जनप्रतिनिधि विह्रिन अवस्थामा वढ्दो अनियमिता र भष्ट्रचार नियन्त्रण गर्न पहिलो प्राथमिकतामा राख्नुपर्ने नेता कार्कीले जोड दिए । उनले विगतमा एमाले सरकारले संचालन गरेको ग्रामिणमुखी बजेट र ग्रामिणमुखी विकाश योजनाहरुले अन्य दलहरु सरकार संचालनमा वाधा–व्यवधान गर्न लागिपरेको वताए ।
नगेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एबम् मेची अञ्चल इन्र्चाज कार्की प्रमुख आतिथि थिए । कार्यक्रममा एमाले इलामका सचिवालय सदस्य एबम् चुलाचुली गाविसका पुर्वअध्यक्ष ओमप्रकाश खनाल, चुलाचुली इलाका अध्यक्ष प्रदिपचन्द्र राई, युवा संघ इलामका इन्र्चाज छवि श्रेष्ठ, अध्यक्ष मुगराज लिम्बु, अनेरास्वीयु केन्द्रीय सदस्य रविन्द्र सुवेदीले बोलेका थिए ।
अधिवेशनले पुर्नःनगेन्द्र श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । चुलाचुली गाविस भवनमा भएको अधिवेशनले इलाका कमिटीको उपाध्यक्षमा कञ्चन राई, सचिवमा उद्धव ओझा, उप–सचिवमा नविन राई र कोषध्यक्षमा अनिता त्रिखत्री सर्वसम्मत चयन भएका छन् । यसै गरीे सदस्यहरुमा जीवन सिगु, डम्वर लिम्वू, मुना घिमिरे लगायतका २७ सदस्यीय रहेको सघका सल्लाहकार संयोजक भीम श्रेष्ठले जानकारी दिए ।



