शेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २।९० अंकले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज मंगलबार ३९।१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो । नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०।२६ अंकले ओरालो लागेर २५७।४८ बिन्दुमा पुगेको छ ।
आज कूल १६२ कम्पनीको १३ लाख ५२ हजार ३३० कित्ता शेयर रु ५१ करोड ४१ लाख ६३ हजार ७७७ मूल्य कारोबार भएको छ । मंगलबार १६६ कम्पनीका १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको थियो ।
वाणिज्य बैंक, विकास बैंक, उत्पादन र अन्य समूहको नेप्स आज सकारात्मक देखिएको छ भने बाँकी समूह ओरालो लागेको छ । वाणिज्य बैंक २।९३, विकास बैंक १।१६, उत्पादनमा १४।७२ र अन्यमा २।८७ अंकले बढेको नेप्सेले उल्लेख गरेको छ । व्यापार समूह ४।५६, होटलमा १८।९५, जलविद्युत्मा २१।१५, वित्तमा ५।८२, बिमामा ९१।४१, र लघुवित्तमा २९।०९ अंकले सेरबजारमा ओरालो लागेको छ



