३ पुस । उँखु उत्पादन सङ्घ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन् ।

करिब एक सयको सङ्ख्यामा किसानले चिनी मिलले उचित मूल्य कायम गर्नुपर्ने माग अघि सार्दै मिलको मुख्य गेटमा धर्नामा बसेका छन् ।

किसानले उँखुको मूल्य प्रतिक्विन्टल रु ६०१ कायम हुनुपर्ने, मिलले उँखु खरिद गरेको मितिले १५ दिनभित्र भुक्तानी दिनुपर्ने, तोकिएको अवधिमा भुक्तानी नदिए कम्तीमा ५० प्रतिशत रकम दिनुपर्ने, उँखुको तौल चिनी तौलिने काँटाबाट गरिनुपर्ने नभए छुट्टै धर्मकाँटाको व्यवस्था गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

यसअघि किसानले गत मङ्सिर १८ गतेका दिन चिनी मिललाई विभिन्न सम्झौतासहितको ज्ञापनपत्र बुझाएका थिए तर चिनी मिलले सो सम्झौतापत्रको बेवास्ता गरेको भन्दै किसान मिलको मुख्य गेटमै धर्ना बसेका हुन ।

किसान मिलको मुख्य गेटमै धर्ना बसेपछि शनिबार बेलुकादेखि मिलको सम्पूर्ण कामकाज प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah