रक्तचापलाई ठीक मात्रामा राख्छ
नियमित मह सेवनले रक्तसञ्चार प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ । त्यसका साथै मानिसलाई फूर्तिलो र ऊर्जावान् पनि बनाउँछ । रगतमा अक्सिजनको कमीका कारणले मानिसलाई उच्च रक्तचाप वा कम रक्तचाप हुन जान्छ । रगतमा पोषणयुक्त भएन भने यस्तो समस्या बढ्छ । महले पोषणयुक्त रगत तयार गर्न मद्दत गर्छ ।
कसैलाई किमोथेरापी दिइरहेको छ भने उसलाई मह खुवाउनु राम्रो हुन्छ । किमोथेरापी गरिरहेको बिरामीलाई सेतो रक्तकोष कम हुने समस्या हुन्छ । महले रातो रक्तकोषका साथै सेता रक्तकोष (यब्लुबिसी) पनि तयार गर्न मद्दत गर्छ । यस्तो थेरापी दिइरहेको बिरामीलाई दिनको दुई चम्चा खुवाएमा राम्रो हुन्छ ।
चिनीभन्दा कम नोक्सान पुर्याउँछ
धेरै चिनी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर, महमा साधारण किसिमको गुलियोपना रहेका कारण चिनीभन्दा बिलकुल फरक हुन्छ । महमा स्टार्ची फाइबर डेक्सट्रिन हुने हुँदा रक्त सञ्चालन सन्तुलित राख्छ ।
महले एन्टिबायोटिकको काम गर्छ
महले शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ । जसका कारण कतिपय रोगका विरुद्धमा एन्टिबायोटिकको काम गर्छ । रुघाखोकी लागेका बिरामीलाई पनि मह उपयोगी औषधिका रूपमा प्रयोग गरिन्छ । यसले रोगप्रतिरोधी क्षमता बढाई रुघाखोकीको भाइरसलाई परास्त गर्छ ।
एक वर्षभन्दा कमका बालबालिकालाई मह खुवाउनु उचित हुँदैन । किनकि यसमा बोटुलिज्म ब्याक्टेरियाको जीवाणु हुन सक्छ । जसले शिशुलाई बिरामी बनाउन सक्छ । यो जीवाणु धुलो र माटोमा पाइन्छ, जुन महमा पनि टाँसिन सक्छ । एक वर्षमुनिको बच्चामा ब्याक्टेरियाको संक्रमणसँग जुध्न सक्ने अवस्था भइसकेको हुँदैन।



