आफूसँग बलात्कारको प्रयास गर्ने देवरको पोल खोल्न एक विधवा भाउजुले लुकेर भिडियो बनाएकी छिन् । भिडियोमा देवर भाउजुसँग अश्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा कैद भएका छन् । भिडियोमा ती देवर भाउजुसँग जबरजस्ती गरिरहेको देखिएका छन् ।
ती महिलाले भिडियोसहित प्रहरीमा उजुरी दिएकी छिन् । महिलाले देवरमाथि बिहेको आश्वासन दिएर नाजायज सम्बन्ध बनाएको आरोप लगाएकी छिन् । प्रहरीले भिडियो र महिलाको उजुरीको आधारमा मुद्दा अगाडि बढाएको छ । महिलाका अनुसार उनका पतिको एक वर्षअघि मृत्यु भएको थियो । पतिको मृत्युपछि उनी माइती गएर त्यहीँ बस्न थालेकी थिइन् ।
पछि उनका घरकाले कान्छा छोरासँग बिहे गरिदिने भनेर उनलाई फर्काएर घर ल्याएका थिए । त्यसपछि देवर उनीसँग जबरजस्ती गर्दै आइरहेका थिए । देवरको यस्तो क्रियाकलापबाट हैरान भएपछि ती महिला माइती गइन् । उनी माइती गएपछि घरकाले देवरको अन्तै बिहे तय गरिदिए । यो कुरा थाहा पाएपछि महिलाले भिडियो बनाएकी हुन् । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । देवरले एकपटक भाउजुको गर्भपतनसमेत गराएको अनुसन्धानमा खुलेको छ । घटना भारतको उत्तर प्रदेश लखनउ नजिकै रामपुरमा भएको हो ।



